Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७३४६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९५२ मे.वा. घन्टा
  • भारत : ९९३६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २२२३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नेपाल बङ्गलादेश बैंक र ‘खल्ती डिजिटल वालेट’ बिच डिजिटल भुक्तानी सम्झौता

ऊर्जा खबर कार्तिक ०८, २०७५   394

बैंक



काठमाडौं– ‘नेपाल बङ्गलादेश बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बिच मोबाईल भुक्तानी सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

ad

नेपाल बङ्गलादेश बैंकका तर्फबाट बैंकका डेपुटी सिइओ सुरेन्द्र भूषण श्रेष्ठ र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात नेपाल बङ्गलादेश बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । जसले गर्दा बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

ad

“हामी प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ्ग तथा वित्तिय समस्याहरु समाधान गर्न खोजिराखेका छौ, जसको माध्यमबाट ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्ने, सहजता पूर्वक भुक्तानी सेवा प्राप्त गर्न सक्ने नेपाल बङ्गलादेशबैंकका डेपुटी सिइओ सुरेन्द्र भूषण श्रेष्ठले बताए ।

सन् २०१७, जनवरी २६ मा नेपालमा आरम्भ भएको खल्ती एक उदयमान र रुचाएको पेमेन्ट गेटवे हो । खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरुको मोबाइल बाटै भुक्तानी गर्न सकिन्ने भएको छ ।

हाल खल्तीको प्रयोगकर्ताहरुको संख्या ५ लाख भन्दा बढि रहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="