Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८८५ मे.वा. घन्टा
  • भारत : ८११ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९८६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नेप्से परिसूचक साढे १३ अंकले घट्यो

फागुन १२, २०७३   601

छापा



नेप्से परिसूचक बुधबार साढे १३ अंकले घट्यो । अघिल्लो दिनको तुलनामा यो ०.९९ प्रतिशतले घटेको हो । उक्त दिन नेप्से १ हजार ३ सय ४४.११ अंकमा ओर्लेको छ । कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक घट्नमा दबाब परेको हो ।

नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । उक्त दिन ३४ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

ad

अघिल्लो दिनको तुलनामा कारोबार रकम २५ करोड ८८ लाख रुपैयाँले कम हो । नेप्से घटेपछि सेयर बजारको आकार बजार पुँजीकरण पनि घटेर १५ खर्ब १४ अर्ब रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।
उक्त दिन ३ हजार ७ सय ५८ वटा व्यापारबाट १ सय ३७ कम्पनीका ७ लाख ६४ हजार ६ सय ७९ कित्ता सेयर किनबेच भए । कारोबारमा आएकामध्ये २८ कम्पनीको सेयर मूल्य बढ्यो, ८८ कम्पनीको घट्यो । बाँकी २१ कम्पनीको सेयर मूल्य स्थिर छ ।

‘अन्य’ समूहको परिसूचक ०.९९, होटलको २.४१, बिमाको १.८८, बैंकिङको १.०९, वित्त कम्पनीको ०.५७, जलविद्युत्को ०.२७ र विकास बैंकको ०.०२ प्रतिशतले ऋणात्मक रहे ।

‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.०८ प्रतिशतले र कारोबारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ फ्लोट परिसूचक ०.९७ प्रतिशतले ओरालो लागे ।
स्रोतःकान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="