body1
advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण :६९०२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९०१३ मे.वा. घन्टा
  • भारत : ४०८० मे.वा. घन्टा
  • ट्रिपिङ : ३०० मे.वा. घन्टा
  • माग : २०२९५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

पर्यटन

अब केबलकारबाट मुक्तिनाथ दर्शन गर्न पाइने

काठमाडौं– सरकारले कास्कीको वीरेठाँटीदेखि मुस्ताङ मुक्तिनाथ मन्दिरसम्म केबलकार सञ्चालन गर्ने भएको छ । मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीको सुविधाका लागि केबलकार निर्माण गरिने भएको हो । मुक्तिनाथ दर्शन प्रालिले केबलकार निर्माण गर्ने लगानी बोर्डले जानकारी दिएको छ । यससम्बन्धी समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका अध्यक्ष अरुणकुमार…


काठमाडौंमा दक्षिण एसियाकै पहिलो ‘स्काइवाक’

काठमाडौं– नेपालमा पहिलो पटक ‘स्काइवाक’ निर्माण हुने भएको छ । यो दक्षिण एसियाकै पहिलो स्वाइवाक हुनेछ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यले वन्डर्स नेपाल प्रालिले कमलादीमा स्काइवाक निर्माण गर्नेछ । लामो समयको  मेहनतपछि निर्माण प्रक्रिया अघि बढेको वन्डर्सका अध्यक्ष आर्कषण पोखरेलले बताए ।


नेपाल वायुसेवा निगमको टिकट अब इ–सेवाबाट

नेपाल वायुसेवा निगमबाट यात्रा गर्न अब घरमै बसेर टिकट लिन सकिनेछ । निगम र इ–सेवाबीच सम्झौता भएकाले यस्तो सुविधा उपयोग गर्न सकिने भएको हो । दुवै पक्षबीच सोमबार अनलाइन टिकटिङका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र इ–सेवाका प्रमुख कार्यकारी अधिकृत रोशन लामिछाने हस्ताक्षर गरेका छन्…


पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय सांस्कृतिक मेला

पर्यटन प्रवर्द्धन गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यले नवलपरासीको गैंडाकोटमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला हुने भएको छ । ‘धेरै हेरियो राष्ट्रिय मेला, यसपाली हेरौं अन्तर्राष्ट्रिय मेला’ भन्ने नाराका मेला हुन लागेको हो । सांस्कृतिक विविधताको आदान–प्रदान र प्रचार प्रसारले देशको पर्यटन विकासमा योगदान पुर्याउने विश्वासका साथ एभरेष्ट नेपाल कल्चरल ग्रुपले…


बन्याे ‘गणतन्त्र स्मारक’, पर्यटकीय गन्तब्य बनाउने लक्ष्य

चार वर्षअघि नारायणहिटी दरबार संग्रहालयभित्र निर्माण सुरु गरिएको ‘गणतन्त्र स्मारक’ बल्ल पूरा भएको छ । करिब ४२ करोड रुपैयाँमा स्मारकको काम पूरा भएको छ । दरबार संग्रहालयको पूर्वतर्फ स्मारक उभ्याइएको छ । देशमा गणतन्त्र आगमनको प्रतीकका रूपमा सरकारले स्मारक निर्माण सुरु गरेको थियो । स्मारकलाई आन्तरिक एवं बाहय पर्यटकको गन्तव्य…


साढे ३ हजार मिटर उचाईमा पर्यटक लोभ्याउने ‘भ्यूटावर’

आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्न रामेछाप र दोलखाको सीमा सैलुङमा भ्यूटावर निर्माण गरिएको छ । ऐतिहासिक, धार्मिकस्थलले समेत परिचित यो ठाउँलाई पर्यटकीय गन्तब्य बनाउने योजना छ । सैलुङ भ्यूटावरको निर्माण गरी फिनिसिङ भइरहेको छ । दुई जिल्लाको सीमा सैलुङ डाँडामा ३ हजार २ सय मिट उचाईमा टावर निर्माण भएको छ…


इन्द्र सरोवर घुम्ने आन्तरिक पर्यटक बढ्दै

देशकै एकमात्र मानव निर्मित ताल ‘इन्द्र सरोवर’ अर्थात् कुलेखानी जलविद्युत् आयोजनाको जलाशय हेर्न तथा घुम्न आउने आन्तरिक पर्यटक बढ्दै गएका छन् । नेपाल विद्युत् प्राधिकरण तथा कुलेखानी आयोजनाले सर्वसाधारणका लागि यो क्षेत्र खुकुलो बनाएपछि घुम्न आउनेको संख्या बढ्दै गएको हो । मकवानपुरकाे मार्खुमा निर्माण भएकाे जलाशयसम्म काठमाडौंबाट मोटरसाइकल वा गाडीमा…


पर्यटक भित्र्याउन नगरकोट बन्न सक्छ ‘चिसापानी’

राजधानीबाट ३२ किलोमिटर दूरीमा रहेको सुन्दरीजल नगरपालिकाको धाप क्षेत्र प्रचार–प्रसार अभावमा ओझेलमा परेको छ । शिवपुरी राष्ट्रिय निकृञ्जभित्रको धाप पर्यटकीय गन्तब्य बनाउन सकिने प्रशस्तै सम्भावना छन् । तर, स्थानीयको बेवास्था र राज्यको पहुँच नपुग्दा ओझेलमा परेको हो । निकुञ्जभित्रको धाप (ताल) यस क्षेत्रको परिचय हो । सुन्दरीजल–चिसापानी पदमार्ग हुँदै पुगिने…


मानसरोवरको यात्रा र तिब्बतको पर्यटन

प्राकृतिक तथा सौन्दर्यको दृष्टिले चीनको तिब्बत विश्वकै छानो मानिन्छ । विशेष भौगोलिक वनावट र संस्कृति भएकाले पछिल्ला दशकमा तिब्बत संसारका लागि चासो एवं आकर्षण गन्तब्य बन्दैछ । योसँगै आध्यात्मिक जगतमा तिब्बती अध्यात्मको अभ्यास विश्वमा परिचित छ । यसैलाई आधार मानेर चीनको यो प्रान्तले पर्यटनलाई…


गणतन्त्र स्मारक ‘पर्यटकीय केन्द्र’ बनाउने योजना, काम अन्तिम चरणमा

नारायणहिटी दरबार संग्राहलयभित्र गणतन्त्र स्थापनाको प्रतीकका रूपमा गणतन्त्र स्मारक भइरहेको छ । गणतन्त्र स्थापना भएपछि सरकारले गणतन्त्रको झझल्को दिने गरी स्मारक निर्माण सुरु गरेको हो । स्मारकको अधिकांश भौतिक संरचना निर्माण पूरा भएको सहरी विकास तथा भवन निर्माण विभागका उप–महानिर्देशक मणिराम…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7