advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३२४ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४५६ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२०५ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

पुनर्निर्माण

सिन्धुपाल्चोकमा ८ हजार घर ठडिए, ४६ हजार पुनर्निर्माण हुँदै

विनाशकारी भूकम्प गएको ३२ महिनाभित्र सिन्धुपाल्चोकमा ८ हजार घरको पुनर्निर्माण पूरा भएको छ । अहिले ४६ घर पुनर्निर्माण चरणमा छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुसभित्र अन्तिम समयसीमा तोक्दै भुकम्पपीडितलाई ताकेता गरेपछि पछिल्लो दुई महिनामा पुनर्निर्माणले गति लिएको छ । पुनर्निर्माण अनुदानको पहिलो किस्ता प्राप्त गरेपछि सरकारी मापदण्डअनुसार नै जिल्लाका विभिन्न…


इको प्यानलमा काम गरेर मासिक ५० हजार

दोलखाका मोहन श्रेष्ठ सामान्य डकर्मी काम गर्छन् । त्यही काम गरेर उनले महिनामा ५० हजार रुपैयाँभन्दा वढी कमाई गर्दै आएका छन् । घर निर्माणमा इँटाको सट्टा प्रयोग हुने इको प्यानल जडान गर्ने उनको आम्दानी लोभलाग्दो छ । दुई वर्षदेखि इको प्यानल जडान गर्दै आएको बताउने उनले भने, ‘महिनामा ५० देखि…


साढे २ वर्षमा १ लाख १८ हजार घर पुनर्निर्माण

विनाशकारी भूकम्प गएको साढे दुई वर्षमा जम्मा १ लाख १८ हजार निजी घरको पुनर्निर्माण भएको छ । सरकारको बेवास्ता र पुनर्निर्माण प्राधिकरणको नेतृत्व परिवर्तनले लक्ष्यअनुसार काम नभएको हो । प्राधिकरणका अनुसार भूकम्पले देशभर ७ लाख ६७ हजार घर पूर्णरूपमा क्षति भउका थिए । विगतमा कामको गति सुस्त रहे पनि अहिले…


पुनर्निर्माणका निम्ति विश्व बैंक ३० अर्ब ऋण दिन तयार

भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गरिरहेका विकास साझेदार संस्थाका प्रतिनिधिहरूले नेपालको पुनर्निर्माण प्रगतिका विषयमा चासो व्यक्त गरेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा बुधबार सम्पन्न प्राधिकरण मातहतको विकास सहायता समन्वय तथा सहजीकरण समिति (डीएसीएफसी) को छैठौं बैठकमा साझेदार संस्थाका प्रतिनिधिले चासो व्यक्त गरेका हुन्। उक्त बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले पुनर्निर्माणको प्रक्रियालाई…


सरकारी अनुदानबिनै ६८ हजार घर बने

भूकम्पपछिको पुनर्निर्माणमा सरकारले अनुदान रकम वितरणमा ढिलाइ गरेपछि सर्वसाधारणले त्यसको आश नगरी ६८ हजार घर निर्माण गरेका छन् । भूकम्प गएको साढे दुई वर्षमा ती घर बनेका हुन् । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले निजी सार्वजनिक, विद्यालय तथा अस्पताल गरी झन्डै ८ हजार घरमा क्षति पुगेको थियो ।…


सरकारी मापदण्डमा घर बनाउनेको संख्या बढ्दै

सरकारले भवन निर्माण आचारसंहित बनाएपछि घर बनाउने भूकम्पपीडितको संख्या बढेको छ । अधिकांश पीडितले सरकारी मापदण्ड पालना गरेका छन् । सहरी विकास तथा भवन निर्माण विभागले विभिन्न समुदाय, निर्माणकर्मी, ठेकेदार, प्राविधिकलाई तालिम दिँदै आएको छ । उनीहरूकै डिजाइन तथा निर्देशनमा घर निर्माण भइरहेको विभागले जानकारी दिएको छ । निर्माण भएका…


पुनर्निर्माण प्राधिकरणको सिइओमा युवराज भुसाल

सरकारले नेपाल पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पूर्वअर्थ सचिव युवराज भुसाललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । निवर्तमान सिइओ गोविन्दराज पोखरेलले आइतबार पदबाट राजिनामा दिएका थिए । पछिल्लो समय आफूलाई राजनीतिक पार्टीसँग जोडेर आरोप लाग्ने गरेकाले राजिनामा दिएको पोखरेलले…


प्राधिकरणद्वारा गुनासो फर्स्याेट

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राप्त पुनर्निर्माणसम्बन्धी केन्द्रमा दर्ता भएका सबै गुनासो फस्र्योट गरेको छ । ती जिल्लाबाट केन्द्रमा दर्ता भएका २ लाख ७ हजार ८६१ गुनासामध्ये फस्र्योट हुन बाँकी ३१ हजार ९७९ गुनासोको आइतबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले टुंगो लगाएको हो । आइतबार फस्र्योट भएका गुनासोबाट…


पुनर्निर्माणको सवा खर्ब आफूखुसी खर्च

भूकम्पपछिको पुनर्निर्माणका लागि दाता सम्मेलनमा घोषणा गरिएको १ खर्ब २० अर्ब रुपैयाँ विभिन्न राष्ट्रले आफूखुसी खर्च गरेको पाइएको छ । दुई वर्षअघि भएको दाता सम्मेलनमा घोषणा गरिएको ४ खर्ब १० अर्बमध्ये १ खर्ब २० अर्ब रुपैयाँ बराबरको रकम अर्थ मन्त्रालयसँग सम्झौता गरेर सोझै खर्च गरिरहेको पाइएको हो । भूकम्पपछिको पुनर्निर्माणका…


दाताले एक खर्ब अझै दिएनन

भूकम्प प्रभावितका लागि विभिन्न दातृ निकाय र मित्र राष्ट्रहरूले प्रतिवद्धता जनाएका १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको सहयोग रकम सरकारले अझै पाउन सकेको छैन । २०७२ असार दोस्रो साता भूकम्पपछिको पुर्ननिर्माणका लागि सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय दाता सम्मेलनमा घोषणा गरिएको ४ खर्ब १० अर्ब रुपैयाँमध्ये अझै १ खर्बभन्दा बढी रकम…


sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7