विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पुनर्निर्माणका बाँकी काम पूरा गर्न थप ६ खर्ब रुपैयाँ लाग्ने

ऊर्जा खबर असोज ०१, २०७५ 1509

काठमाडौं- भूकम्पबाट क्षतिग्रस्त संरचनाकाे पुनर्निर्माण गर्न थप ६ खर्ब रुपैयाँ लाग्ने भएकाे छ । प्रभावित जिल्लाकाे निजी तथा सार्वजनिक संरचना निर्माण गर्न थप रकम अावश्यक देखिएकाे हाे ।

चालु वर्षभित्र हुने पुनर्निर्माणकाे काममा ३ खर्ब ३६ अर्ब रुपैयाँ खर्च हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । उनका अनुसार चालु वर्षकाे खर्च जुटाउन प्राधिकरणले सरकार र दातृ निकायसँग छलफल गरिरहेकाे छ ।

प्राधिकरणले पुर्निर्माणमा पहिलो वर्ष २२ अर्ब, दोस्रो वर्ष ४९ अर्ब, तेस्रो वर्ष १ खर्ब १४ अर्ब रुपैयाँ खर्च गरेको थियो । पुनर्निर्माणका लागि चालू आर्थिक वर्षमा १ खर्ब ५१ खर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

२०७३ साल वैशाखमा तयार पारिएको विपद पश्चातकको पुनर्लाभ कार्यढाँचामा पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आंकलन गरिएको थियो ।

नेपालको पुर्निर्माणका लागि आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा छिमेकी मुलुक सहित दातृ निकायहरुले प्रतिबद्धता जनाएको कूल ४ खर्ब १० अर्ब रुपैयाँ मध्ये ६७ अर्ब उद्धार तथा राहत सहितका कार्यक्रममा खर्च भइ ३ खर्ब ४३ अर्ब रहेकोमा त्यसमध्ये २ खर्ब ६२ अर्ब रुपैयाँको सम्झौता भइसकेको छ ।

प्राधिकरणले भूकम्पपछिकाे पुनर्निर्माणबारे अन्तर्राष्ट्रिय मुद्रा कोषसँग छलफल गरेकाे छ । छलफलका क्रममा काेषले पुनर्निर्माणको क्षेत्रमा पूँजीगत खर्च बढेकाले नेपालको आर्थिक वृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने जनाएकाे छ ।

 

 

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="