विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पुनर्निर्माण प्रभावकारी बनाउन स्थानीय तहलाई अधिकार दिइने

ऊर्जा खबर भदौ २२, २०७५ 585

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुुगेका जिल्लाको भौतिक संरचना पुनर्निर्माणमा स्थानीय तहलाई अधिकार दिन भएको छ । प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण कार्यलाई थप प्रभावकारी र छरितो बनाउन स्थानीय तह परिचालन गर्ने निर्णय गरेको हो ।

अब स्थानीय तहले भूकम्पबाट क्षति पुुगेका निजी आवसको पुनर्निर्माण, निरीक्षण तथा सिफारिसको जिम्मेवारी बहन गर्नेछ । स्थानीय तहलाई पनि समेट्दा पुनर्निर्माण कार्य प्रभावकारी हुने समितिको भनाई छ ।

प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावित जिल्लाका स्थानीय तहले गर्ने पुनर्निर्माण कार्यको प्राधिकरणले सहजीकरण र अनुगमन गर्ने बताए । आवास निर्माणका लागि पहिलो किस्ता लिइसकेका लाभग्राहीलाई आगामी पुसभित्र दोस्रो र २०७६ वैशाखभित्र तेस्रो किस्ता वितरण गरिसक्ने पनि उनले बताए ।

गुनासो सुनुवाइबाट आएका, पुनः सर्वेक्षण गर्नु पर्ने, परम्परागत बस्तीमा परेका र बस्ती स्थानान्तरण गर्नुपर्ने प्रभावितको हकमा अर्को निर्णय हुने समितिले जनाएको छ । पीडित परिवारले हालसम्म पाउन नसकेको ३ लाख रुपैयाँको सहुलियत ऋण सहज रुपमा उपलब्ध गराउन अर्थ मन्त्रालयबाट कार्यविधि परिमार्जन गर्ने प्रकृया अघि बढेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="