Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

पुनर्निर्माण

भूकम्पपीडित ४ लाखले दोस्रो किस्ता रकम लिए, पुनर्निर्माणले गति लिँदै

घर निर्माण सुरु गरेर दोस्रो किस्ता रकम लिने भूकम्पप्रभावित लाभग्राहीको संख्या ४ लाख नाघेको छ । बिहीबार अपरान्हसम्म अनुदान सम्झौता गरेका मध्ये ४ लाख रुपैयाँभन्दा बढीले दोस्रो किस्ता लिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ७ लाख १८ हजार ९ सय ३ लाभग्राहीमध्ये ४ लाख २ हजार ६ सय १३…


चरिकोट बजार भूकम्पको उच्च जोखिममा, जिल्लामा २० हजार घर ठडिए

भूकम्प गएको ३ वर्षमा दोलखामा २० हजारभन्दा बढी घरको पुनर्निर्माण पूरा भएको छ । जिल्लामा विभिन्न गैर सरकारी संघ–सस्था तथा सरकारको पहलमा उक्त परिमाणका घर निर्माण भएका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला शाखा दोलखाका अनुसार घर निर्माणले अहिले तीव्रता लिएको छ । जिल्लामा अहिलेसम्म २० हजार १ सय ४…


भूकम्प पीडितकै अगुवाईमा एकीकृत बस्ती निर्माण

भूकम्पपीडितकै अगुवाईमा जिल्लाको दोरम्बा गाउँपालिका–५ गुन्सालमा एकीकृत वस्ती निर्माण हुने भएको छ । स्थानीय भूकम्प पीडितले बस्ती निर्माणमा सक्रियता बढाएका छन् । भूकम्प गएको ३ वर्षपछि स्थानीयले नै ३५ वटा भूकम्प प्रतिरोधी घर निर्माण गर्न लागेका छन् । भूकम्पका कारण ध्वस्त भएका घर निर्माण गर्दा भूकम्प प्रतिरोधी प्रविधि अपनाएका छन्…


तीन वर्षमा १२ हजार घर निर्माण

विनाशकारी भूकम्प गएको ३ वर्षमा रामेछापमा १२ हजार ५ सय निजी आवास निर्माण सम्पन्न भएको छ । सरकारले २ पटक निजी निवास निर्माण गर्ने समयसीमा तोकेपछि पछिल्लो चरणमा घर निर्माणको संख्या बढेको हो । अहिले जिल्लामा निजी आवास निर्माणले गति लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति सचिवालय रामेछापका प्रमुख…


रामेछापको दोरम्बामा एकीकृत बस्ती बन्ने

रामेछापको दोरम्बामा एकीकृत बस्ती निर्माण हुने भएको छ । दोरम्बा–५ स्थित गुन्सालमा भूकम्प पिडितको सक्रियतामा २३ रोपनी जग्गामा बस्ती निर्माण गर्न लागिएको हो । एकीकृत बस्तीमा भूकम्प प्रतिरोधी ३५ घर निर्माण हुने दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले बताए । उनका अनुसार वडा कार्यालयको नाममा सामुहिक जग्गा खरिद गरेर सुविधा सम्पन्न…


संघीयता अनुसार पुनर्निर्माण प्राधिकरणको संरचना परिवर्तन

देश संघीय ढाँचामा गइसकेपछि त्यही अनुसार काम अघि बढाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संरचना परिवर्तन गरेको छ । गत चैत्र २० गतेको प्राधिकरणको बैठकले संघीय संरचनाअनुसार विभिन्न मन्त्रालय अन्तर्गत रहेका आयोजना कार्यान्वयन इकाइ प्राधिकरणको प्रत्यक्ष मातहतमा ल्याउने निर्णय भएको हो । चैत्र २९ गतेबाट सुरु हने संघीय संरचनाको स्वरुप परिवर्तन सँगै…


प्राधिकरणले आवास पुनर्निर्माण गर्न १० अर्बको अख्तियारी दियाे

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा आवास निर्माण गर्न ९ अर्ब ९५ करोड रुपैयाँको अख्तियारी दिएको छ । निजी आवास निर्माण तथा समन्वय गरिरहेको संघीय मामिला तथा स्थानीय विकास केन्द्रीय आयोजना एकाइलाई अख्तियारी दिइएको हो । प्राधिकरणले पछिल्लो समय भूकम्प अतिप्रभावित १४ जिल्लामा आवास पुनर्निर्माणलाई तीव्रता दिएको छ । ती…


रामेछापका अधिकांश युवा विदेशमा, घर बनाउन रोल्पा र रुकुमका कामदार

रामेछाप जिल्लामा भूकम्पका कारण भत्केका ४३ हजार घरमध्ये ११ हजारको पुननिर्माण सम्पन्न भएको छ । भूकम्पले ४५ हजार मध्ये ४३ घरधुरी लाभग्राही सूचीमा सूचीकृत छन् । जिल्लाका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेशिएपछि पुनर्निर्माणमा कामदार अभाव देखिएको छ । जिल्लामा कामदारको अभाव भएपछि पुनर्निर्माणमा जिल्ला बाहिरका ९ हजार कामदार भित्रिएका…


गुनासो प्रमाणीकरण गर्न स्थानीय तहमा पठाउने प्राधिकरणको तयारी

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त एक लाख बढी गुनासो अन्तिम प्रमाणीकरणका लागि स्थानीय तहमा पठाउने भएको छ । बुधवार बसेको केन्द्रीय गुनासो व्यवस्थापन समितिको बैठकले छुट तथा पुनःजाँच सर्वेक्षण गरिएका विवरणको विश्लेषण गरी फागुन मसान्तभित्र स्थानीय तहमा पठाउने निर्णय गरेको हो । सम्भावित पुनर्निर्माण लाभाग्राही, प्रबलीकरण लाभग्राही…


१४ जिल्लाका ७१ प्रतिशत भूकम्प पिडित पुनर्निर्माण प्रक्रियामा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका ७० प्रतिशत पिडितलाई पुनर्निर्माण प्रक्रियामा संलग्न गराएको छ । प्राधिकरण स्थापना भएको २ वर्षमा ६ लाख १० हजार ५ सय भूकम्प पिडितलाई अनुदान दिएर पुनर्निर्माण प्रक्रियामा संलग्न गराइएको हो । कुल ६ लाख ६७ हजार ६ सय ६२ पिडित परिवारमध्ये १ लाख २…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्