Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पूर्वाधार विकासमा कमजोर लगानी : एडिबी

ऊर्जा खबर/काठमाडौं माघ १०, २०७३   1188

बैंक



Development for inclusive growth- Speaking by Kenichi yokoyama, Photo by SEJON

एसियाली विकास बैंक (एडिबी) ले नेपालले पूर्वाधार र जनशक्ति विकासमा पर्याप्त लगानी गर्न नसकेको औंल्याएको छ । राजनीतिक अस्थिरता र बजेट खर्च गर्ने कमजोर क्षमताका कारण यस्तो समस्या देखिएको एडिबीको निचोड छ ।

आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको ‘समावेशी आर्थिक वृद्धि’ विषयक अन्तरक्रियामा एडिबीका आवासीय निर्देशक केनिची योकोयामाले पूर्वाधारमा ज्यादै कम लगानी रहेको धारणा राखे । ‘जनशक्ति विकासमा लगानी गर्न सके पूर्वाधार विकासको आधार तयार हुन्छ र यसले समावेशी लक्ष्य पूरा गर्न सहयोग पुग्छ,’ उनले भने, ‘कम उत्पादनबाट धेरै उत्पादन हुने क्षेत्र क्षेत्रमा जोड दिँदै संरचनामा परिवर्तन गर्नुपर्छ ।’

ad

अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले केन्द्रिकृत स्रोत व्यवस्थाप र विकास आयोजनाबीच समन्वय नहुँदा समस्या देखिएको बताए । ‘अधिकांश पूर्वाधार परियोजना समयमै पूरा हुन सकेकै छैनन्,’ उनले भने, ‘हरेक आयोजनाको समय र लागत बढ्दैछ, साथै क्षमता वृद्धि गरे विकासमा सहभागिता बढाउन सकिन्छ ।’

कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्यममा आधारित अर्थतन्त्र बनाउन सरकारी योजना केन्द्रित हुनुपर्ने बताए । ‘जागिर आम्दानी गर्ने क्षेत्र होइन त्यसैले सबैलाई उद्यमी बन्नतर्फ उत्पे्ररित गर्नुपर्छ’ उनेले भने, ‘खाडी मुलुक, मलेसिया, जापान र कोरियाबाट फर्कने कामदारलाई नेपालमै अवसर र उपयुक्त तलबको व्यवस्था गर्नुको विकल्प छैन ।’

यस्तै, राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णिम वाग्लेले कृत्रिम भयले आर्थि वृद्धि अघि बढ्न नसकेको बताए । ‘वृद्धि रोक्ने नीतिगत व्यवस्थाभन्दा चलायमान र दीगो बनाउन तयार हुनुपर्छ,’ उनले भने, ‘देशमा असमानता नबढे पनि संरचनागत परिवर्तन सुरु भएको छैन ।’ पूर्वअर्थसचिव रामेश्वर खनालले उत्पादन बढाउन पूर्वाधार विकास र प्रविधि आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="