विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पेट्राेलियमकाे मूल्य चर्किँदै अब ग्यास १४ सय र पेट्राेल १ सय १२ रुपैयाँ

ऊर्जा खबर भदौ २१, २०७५ 3410

नेपाल अायल निगमले बुधबार राती १२ बजेदेखि लागू हुने गरी पेट्राेलियमकाे मूल्य बढाएकाे छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएकाे हुँदा स्वचालित प्रणाली अनुसार मूल्य बढेकाे निगमले जनाएकाे छ ।

पेट्रोल¸ डिजेल/मट्टितेल र एल.पि. ग्यासको साविकको खुद्रा मूल्यमा प्रतिलिटर, प्रतिसिलिण्डर क्रमशः पेट्रोल १, डिजेल / मट्टितेल ३ एलपिजी ग्यास २५ रुपैयाँ बढेकाे छ । अब पेट्रोल प्रतिलिटर १ सय १२ रुपैयाँ, डिजेल/मट्टितेल प्रतिलिटर ९८रुपैयाँ र ग्यास प्रतिसिलिन्डर १४ सय रुपैयाँ पुगेकाे छ ।

मूल्य बढाएपछि पनि निगमलार्इ पेट्रोलमा प्रति लिटर ०.३६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ०.४९ रुपैयाँ र ग्यासमा प्रति सिलिण्डर ३०९.७९ घाटा रहेकाे जनाइएकाे छ । समग्रमा निगमलाई १५ दिनमा करिब ११ करोड १५ लाख घाटा हुने देखिन्छ ।

पछिल्लो १५/२० दिनमा अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्यरूपमा बढेको तथा अमेरिकी डलरको तुलनामा नेपाल/भारतीय मुद्राको अवमुल्यन भएको छ । सोही अनुसार इण्डियन आयल कर्पोरेशनबाट १ सेम्टेम्बरमा प्राप्त मूल्य बढेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको निगमले जानकारी दिएकाे छ । मूल्य समायोजनपछि भारतको रक्सौलभन्दा नेपालको वीरगन्जतर्फको सीमा मूल्यमा पेट्रोलमा २५.७७ प्रति लिटर र डिजेलमा २५.५० ले नेपालतर्फ नै सस्तो हुनेछ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="