विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पेट्रोल प्रतिलिटर १ सय १४ रुपैयाँ पुग्याे, डिजेल र मट्टीतेलकाे मूल्य पनि बढ्याे

ऊर्जा खबर असोज ०२, २०७५ 2488

काठमाडौं- नेपाल अायल निगमले मंगलबार राती १२ बजेदेखि लागू हुने गरी पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएकाे हुँदा स्वचालित प्रणाली अनुसार मूल्य बढेकाे निगमले जनाएकाे छ ।

निगमलाई पेट्राेलियम पदार्थ बिक्री गर्दै अाएकाे भारतीय अायल कर्पाेरेशन (अाइअाेसी) ले मूल्य बढाएर पठाएपछि स्थानीय बजारमा पनि मूल्य समायाेजन गरिएकाे निगम प्रवक्ता वीरेन्द्र गाेइतले बताए । उनका अनुसार पेट्राेलमा प्रतिलिटर २ रुपैयाँ बढाएर १ सय १४ रुपैयाँ पुर्याइएकाे छ। डिजेल र मट्टीतेलमा पनि प्रतिलिटर ३/ ३ रुपैयाँ बढेकाे छ ।

अब डिजेल र मट्टीतेलकाे मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ पुगेकाे छ । नयाँ मूल्य अनुसार निगमलाई पेट्राेल प्रतिलिटरमा २.९२ रूपैयाँ तथा डिजेल र मट्टीतेलमा २.७२ रूपैयाँ  घाटा हुने देखिएकाे छ ।

निगमले  खाना पकाउने एलपि ग्यास र  हवाई इन्धनको मूल्य यथावत राखेकाे छ । ग्यासकाे मूल्य प्रतिसिलिन्डर १४ सय रूपैयाँ छ । ग्यासमा ३०९.७९ रूपैयाँ घाटा हुने निगमले जनाएकाे छ ।

मूल्य समायोजनपछि पनि भारतको रक्सौलभन्दा नेपालको वीरगन्जतर्फको सीमा मूल्यमा पेट्रोलमा २९.४४ रूपैयाँ प्रतिलिटर र डिजेलमा २८.४४ रूपैयाँले नेपालतर्फ नै सस्तो हुनेछ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="