advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३२४ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४५६ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२०५ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

पेट्रोलियम

पूर्वाधार कर १६ अर्ब, बूढीगण्डकीमा खर्च हुनै सकेन

नेपाल आयल निगम (एनओसी)ले १ हजार २ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत् आयोजना निर्माण गर्न १६ अर्ब १४ करोड रुपैयाँ पूर्वाधार कर संकलन गरेको छ । निगमले डेढ वर्षको अवधिमा डिजेल, पेट्रोल र हवाई इन्धनको आयातमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर लगाएर आयोजनामा लगानी हुने रकम उठाएको हो । चालु…


पेट्रोल, डिजेल र हवाई इन्धन महँगियो

नेपाल आयल निगम (एनओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य एकै पटक बढाएको हो । पेट्रोलमा प्रतिलिटर १ र डिजेल तथा मट्टीतेलमा २/२ रुपैयाँ समायोजन गरिएको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए । निगमका अनुसार…


पेट्रोल, डिजेल र हवाई इन्धन भारतभन्दा सस्तो

नेपालले सबै प्रकारका पेट्रोलियम पदार्थ भारतबाट आयात गरेर बेच्ने गर्छ । उताबाट खरिद गरेर ल्याउँदा ढुवानी तथा करसमेत जोडिँदा महँगो हुन्छ । तर, नेपाल आयल निगमले भने भारतभन्दा सस्तो मूल्यमा बिक्री गर्दै आएको छ । निगमले देशभर पेट्रोल डिजेल र आन्तरिक तथा बाह्य हवाई इन्धन सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको…


पहिलो लटमा ४० लरी पाइप नेपाल भित्रियो

बहुप्रतिक्षित अमलेखजन्ज-रक्सौल-मोतीहारी ‘पेट्रोलियम प्रोडक्ट पाइप लाइन’ परियोजना निर्माणका लागि ४० लरी पाइप नेपाल भित्रिएको छ । भारतीय आयल कर्पोरेशन (आइओसी) ले नेपालतर्फ निर्माण गर्ने आयोजनाको पहिलो लटको पाइप वीरगन्ज भन्सारबाट भित्रिएको हो । पहिलो लटमा २ हजार ७ सय २४.२३ मिटर पाइप भित्रिएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए…


फेरि बढ्यो इन्धनको मूल्य

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्य वृद्धि गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा दुई–दुई रुपैयाँ बढाएको हो । परिवर्तित मूल्यसूची बुधबार राति १२ बजेबाट लागू हुने निगमका कार्यबाहक…


पेट्रोलियम पर्दाथको मूल्य बढाउनु निगमको बाध्यता : भट्टराई

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले पेट्रोलियम पदार्थको मूल्य बढाउनु बाध्यता भएको बताएका छन् । अन्तराष्ट्रिय बजारको दर अनुसार भारतीय आयल निगम (आइओसी) ले मूल्य बढाएर पठाउने हुँदा निगमले पनि पाक्षिकरूपमा समायोजन गर्नुपरेको बताएका हुन् । निगमको बुधबार सम्पन्न ४८औं वार्षिकोत्सव समारोहमा भट्टराईले २०७१ असोजबाट पेट्रोलियम पदार्थको स्वचालितररूपमा मूल्य…


एक महिना नहुँदै फेरि पेट्रोलियमको भाउ बढ्यो

नेपाल आयल निगमले एक महिना पनि नहुँदै पेट्रोलियम पदार्थको भाउ बढाएको छ । सोमबार राती १२ बजेबाट लागू हुने गरी भाउ बढाएको हो । निगमले यसअघि गत मंसिर २२ गते पेट्रोलियमको मूल्य बढाएको थियो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ र…


निगमले पेट्राेलियमकाे मूल्य बढायाे, पेट्राेल सय ग्यास १३५० रुपैयाँ

नेपाल आयल निगमले अज (शुक्रबार) राती १२ बजेदेखि लागू हुनेगरी पेट्रेलियमकाे मूल्य बढाएको छ । निगमको शुक्रबार बसेको सञ्चालक समिति बैठकले मूल्य बढाउने निर्णय गरेकाे हाे । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टीतेलमा ३/३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले बढाएको छ…


आयल निगमको मासिक घाटा ५५ करोड पुग्यो

नेपाल आयल निगमको मासिक घाटा बढेर ५५ करोड रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार उकालो लाग्दै गए पनि सोही अनुसार स्थानीय बजारमा मूल्य समायोजन नहुँदा निगमको घाटा बढ्दै गएको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गए पनि निगमले पछिल्लो तीन महिनायता स्थानीय बजारमा मूल्य समायोजन गरेको…


पेट्रोलियम पाइप लाइन विस्तारको प्रगति समीक्षा गर्न बैठक बस्दै

  नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको प्रगति समीक्षा गर्न उच्च स्तरीय बैठक बस्ने भएको छ । नेपाल आयल निगम ( एनओसी) र भारतिय आयल कर्पोरेशन (आइओसी) का उच्च अधिकारी सहभागी हुने बैठक बिहीबार (भोली) बाट राजधानीमा सुरु हुन लागेको हो । कात्तिक २५ गते शनिबारसम्म चल्ने बैठकमा अमलेखगन्ज–मोतीहारी पाइपलाइन परियोजना…


sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7