Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६०५७ मे.वा. घन्टा
  • भारत : ९३२८ मे.वा. घन्टा
  • ट्रिपिङ : ४०० मे.वा. घन्टा
  • माग : २४२३८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

पेट्रोलियम

पेट्रोलियम पाइप लाइनको परीक्षण थालियो, असारभित्रै सञ्चालनमा आउने

काठमाडौं- नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको परीक्षण सुरु भएको छ । नेपाल आयल निगमले नेपालतर्फको ३६ किलोमिटर पाइप लाइन सम्पन्न गरेर परीक्षण सुरु गरेको हो । अहिले पाइप लाइनमा पानी हालेर ‘हाइड्रोलिक टेष्ट’ सुरु गरिएको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए । ‘निर्माण सकिएपछि सञ्चालनका लागि तयारी अवस्थामा राख्न परीक्षण गर्नुपर्छ,’…


पेट्रोल, डिजेल र मट्टितेलको मूल्य दुई–दुई रुपैयाँ घट्यो

काठमाडौं– नेपाल आयल निगमले पेट्रो डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर दुई–दुई रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेशनले नयाँ मूल्य पठाएकाले त्यही अनुसार प्रतिलिटर कम परेको हो । आइतबार राती १२ बजेबाट लागू हुने गरी नयाँ मूल्य समायोजन गरिएको निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले बताए । समायोजन गरिएको मूल्यअनुसार…


प्रदेश १ मा पेट्रोलियम पदार्थ अभाव

विराटनगर -प्रदेश १ का जिल्लामा दुई सातादेखी पेट्रोलियम पदार्थको अभाव भएको छ। भारतको भन्सारमा अनलाइन इन्ट्री सिस्टमको सुधार हुन नसकेपछि अभाव देखिएको हो। विराटनगर डिपोबाट डिजेल र पेट्रोल पठाएको भए पनि वितरण सहज नभएको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणी पौडेलले बताए। चार जिल्लाका लागि झापा तेल पठाउँदा…


बजेटकाे प्रभाव, पूर्वाधार कर थपिएपछि निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढायो

काठमाडौं- सरकारले नयाँ  आर्थिक वर्षदेखि पेट्राेलियम पदार्थमा पूर्वाधार कर लगाएउने भएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अर्थमन्त्री युवराज खतिवडाले सडक पूर्वाधार विकास गर्न पेट्राेलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ कर लगाउने बजेट सार्वजनिक गरेकै दिन राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १.५० रुपैयाँ निगमले…


आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटायो

काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य क्रमशः दुई र एक–एक रुपैयाँ घटाएको छ । आज (शुक्रबार) राती १२ बजेदेखि लागू हुने गरी मूल्य परिवर्तन गरिएको हो । निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १०९.५० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९७ रुपैयाँ कायम गरिएको छ ।…


पेट्रोलमा डेढ र डिजेल तथा मट्टितेलमा एक–एक रुपैयाँ मूल्य बढ्यो

काठमाडौं– नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टितेलको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको र सोही अनुसार भारतले सूची पठाएको भन्दै बिहीबार राती १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो । अब पेट्रोल प्रतिलिटर १११.५० तथा डिजेल र मट्टितेलको मूल्य ९८ रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धन…


निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य ८ हजार घटायो

काठमाडौं– नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा करिब ८ हजार ३ सय ८३ रुपैयाँ (७५ अमेरिकी डलर) घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । साविकको मूल्यमा घटाइएको उक्त दर मंगलबार राती १२ बजेपछि लागू हुनेछ । निगमका…


पेट्रोलियम पाइप लाइन परियोजना ८० प्रतिशत पूरा, असारदेखि सञ्चालन

काठमाडौं– निर्माणाधीन नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना ८० प्रतिशत पूरा भएको छ । नेपालतर्फको ३६ किलोमिटर पाइप लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको हो । अहिलेसम्ममा २९ किलोमिटर पाइप लाइन बिछ्याउने काम सकिएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । उनका अनुसार अहिले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाइप…


एलपी ग्यास आयात तथा बिक्री बन्द गर्ने चेतावनी दिँदै उद्योगीहरू आन्दोलनमा

काडमाठौं– नेपाल एलपी ग्यास उघोग संघले शुक्रबार (आज) बाट खाना पकाउने एलपी ग्यास आयात, बिक्री वितरण बन्द गरेको छ । संघले यसअघि निगमसँग गरेको सम्झौता कार्यन्वयन नभएको भन्दै आन्दोलनका कार्यक्रम सुरु गरेको हो । संघले राखेको १० बुँदे माग निगमले चैत्र २० गतेसम्म पूरा गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म केही…


निगमको चालु वर्षकाे नाफा ५ अर्ब पुग्ने

काठमाडौं– नेपाल आयल निगमले चालु वर्षमा ५ अर्ब रुपैयाँ नाफा कमाउने भएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटिरहेकाले नाफा आर्जन हुने प्रक्षेपण गरिएको हो । भारतीय आयल कर्पोरेशन (आइओसी) ले पठाउने पेट्रोलियम पदार्थको मूल्य समायोजनमा धेरै उतार चढाव नआए मुनाफा बढ्ने निगमको ३७औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्