Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

पेट्रोलियम

निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटायो

नेपाल आयल निगम (एनओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । यो मूल्य शनिबार राती १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा १.५० रुपैयाँ घटाइएको छ । पेट्रोलको मूल्य प्रतिलिटर १.५० रुपैयाँ सस्तो पर्ने निगमका प्रबक्ता सीताराम पोखरेलले बताए । अब पेट्रोलको मूल्य सय रुपैयाँ कायम हुनेछ ।…


पेट्रोलियम आयात बढेको बढ्यै

लोडसेडिङ अन्त्यपछि पेट्रोलियम आयातमा कमी आउने आँकलन गरे पनि अवस्था ठिक उल्टो देखिएको छ । अहिले देशभर लोडसेडिङ नगन्य छ तर पेट्रोलियममा कमी आएको छैन । गत आर्थिक वर्षभन्दा चालु आवमा (२०७३/७४) को पछिल्लो ११ महिनामा डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्याँसको आयात बढेको छ । लोडसेडिङको समयमा घरदेखि…


चुनावका लागि ५ करोड लिटर इन्धन मौज्दात

नेपाल आयल निगमले स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि ५ करोड लिटर (५० हजार किलोलिटर) इन्धन मौज्दात राखेको छ । आगामी १४ असारमा प्रदेश १, २, ५ र ७ मा निर्वाचनको मिति तय भएको छ । निर्वाचनमा सवारीसाधनको प्रयोग बढ्ने हुँदा आवश्यकताअनुसार इन्धन उपलब्ध गराउने गरी मौज्दात राख्न निर्वाचन आयोगले…


उपभोक्ता निचोरेर मासिक ६८ करोड नाफा

उपभोक्तालाई चर्को मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गरिरहेको नेपाल आयल निगमले मासिक ६८ करोड रुपैयाँ नाफा कमाउँदा पनि मूल्य घटाएको छैन। स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्ने बताउँदै आएको निगमले आफ्नै प्रतिबद्धता कुल्चेर लामो समयदेखि पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको हो। खाना पकाउने ग्यासमा घाटा बेहोर्दै आएको निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)…


एक दशकमा इन्धन खपत दोब्बर

पछिल्लो एक दशकमा मुलुकमा पेट्रोलियम पदार्थको खपत झन्डै दोब्बरले वृद्धि भएको छ । बढ्दो सवारी साधन प्रयोगका कारण इन्धनको खपत दोब्बरले वृद्धि भएको हो । विकास निर्माणको कामसँगै उद्योग कारखानामा इन्धनको प्रयोग बढ्दै गएकाले पनि खपतमा उलेख्य वृद्धि भएको हो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार आथिक वर्ष ०६२/०६३…


जेठमा निगमको नाफा ६४ करोड

जेठ महिनामा आयल निगमको नाफा ६३ करोड ९१ लाख नाघ्ने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपछि निगमको नाफा बढेको हो । भारतीय आयल निगम (आईओसी) ले मे १६ तारिख (जेठ २) मा पठाएको मूल्यसूचीअनुसार निगमको पाक्षिक नाफा ३० करोड ९२ लाख रुपैयाँ थियो । जुन १ (जेठ १८)…


नमुना पेट्रोल पम्प निर्माण योजना: ७३ वटा आवेदन ६ वटा लगानी गर्न तयार

नेपाल आयल निगमले नमुना पेट्रोल पम्प निर्माण गरी बिक्री वितरणका लागि आवेदन खुला गरे पनि व्यवसायी भने इच्छुक देखिएका छैनन् ।  निजी र सरकारी गरी हालसम्म जम्मा ७३ वटा पम्पले आवेदन दिए पनि छजनाले मात्र नमुना पेट्रोलपम्प बनाउन तयार भएको निगमका प्रवक्ता सीताराम पोख्रेलले जानकारी दिनुभयो । निगमका अनुसार निजी…


पेट्रोलियम पदार्थको आयात तथा खपत करिब दोब्बर बढ्यो

मध्यपश्चिममा पेट्रोलियम पदार्थको खपतमा वृद्धि भएको छ । गत आर्थिक वर्षको वैशाख मसान्तसम्म ७३ हजार ५७ किलोलिटर हाइस्पिड डिजेल आयात भएकोमा यस आवको वैशाख मसान्तसम्म एक लाख १२ हजार नौ सय ८४ किलोलिटर आयात भएको नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत एवं सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले जानकारी दिए । हवाई इन्धन…


बोनस नबाँड्न निगमलाई निर्देशन

संसद्को आपूर्ति तथा उपभोक्ता हित उपसमितिले आयल निगमलाई बोनस नबाँड्न निर्देशन दिएको छ । उपभोक्ताबाट स्वाभाविकभन्दा बढी मूल्यमा बिक्री गरेको रकमलाई नाफा मानी ऐन कानुनको छिद्रबाट नाफा परिभाषित गर्नु अनुचित भन्दै बोनस वितरण नगर्न निर्देशन दिएको हो । उक्त रकम भौतिक पूर्वाधार विकास अथवा मूल्य स्थिरीकरण कोषमा जम्मा गर्न निर्देशन…


पेट्रोलियम अन्वेषण गर्न असारमा अन्तर्राष्ट्रिय ठेक्का

सरकारले पेट्रोलियम पदार्थ अन्वेषण गर्न आगामी असार १५ गतेभित्र अन्तर्राष्ट्रिय ठेक्का प्रक्रिया अघि बढाउने भएको छ । स्वदेशमै पेट्रोलियम उत्पादन गर्ने लक्ष्यसाथ प्रक्रिया अघि बढाइएको हो । पेट्रोलियम नियमावली, २०४१ मा पाँचौ संशोधन गरी समसामयिक सुधार गरिएको छ । यस संशोधित नियमावलीले पेट्रोलियम अन्वेषणविकास कार्यका लागि कम्पनी छनोट गर्न सहजीकरण…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्