विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढ्याे

ऊर्जा खबर भदौ ०४, २०७५ 1429

काठमाडाैं-  नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएकाे छ । निगमलाई पेट्राेलियम पदार्थ बिक्री गर्दै अाएकाे भारतीय अायल कर्पाेरेशनले बढाएर पठाएपछि स्थानीय बजारमा पनि मूल्य समायाेजन गरिएकाे हाे ।

पेट्राेल प्रतिलिटर १ रुपैयाँ बढाएर १ सय ११ रुपैयाँ पुर्याइएकाे निगम प्रवक्ता वीरेन्द्र गाेइतले बताए । उनका अनुसार डिजेल र मट्टीतेलमा पनि प्रतिलिटर २ २ रुपैयाँ बढेकाे छ । अब डिजेल र मट्टीतेलकाे मूल्य प्रतिलिटर ९५ रुपैयाँ पुगेकाे छ । नयाँ मूल्य अनुसार निगमलाई पेट्राेल प्रतिलिटरमा ६५ पैसा तथा डिजेल र मट्टीतेलमा ७० पैसा घाटा हुने देखिएकाे छ ।

यस्तै, निगमले हवाई इन्धनको मूल्य पनि समायाेजन गरेकाे छ । अब आन्तरिक हवाई इन्धनकाे मूल्य प्रतिलिटर ४.५ रुपैयाँ र अन्तराष्ट्रिय हवाई इन्धनमा प्रतिहजार लिटर ५० डलर रुपैयाँ बढाइएकाे छ । आन्तरिक हवाई इन्धनकाे खुद्रा बजार मूल्य १०४.५० रुपैयाँ र अन्तराष्ट्रिय हवाईकाे मूल्य प्रतिहजार लिटरकाे ११२५ डलर पुगेकाे छ ।

खाना पकाउने एलपि ग्यासकाे मूल्य बढाइएकाे छैन । ग्यासकाे मूल्य प्रतिसिलिन्डर १३ सय ७५ रुपैयाँ यथावत राखिएकाे छ । ग्यासकाे मूल्य समायाेजन नगरिए पनि प्रतिसिलिन्डर २८०.६४ रुपैयाँ घाटा रहेकाे निगमकाे दाबी छ ।

केही साता मूल्य स्थिर राखेकाे निगमले मासिक घाटा ६० कराेड रुपैयाँ पुग्ने देखिएपिछ स्वचालित नियमअनुसार मूल्य समायाेजन गरेकाे जनाएकाे छ । अहिलेकाे मूल्य समायाेजनले पनि १५ दिनमा ७ कराेड २१ लाख रुपैयाँ घाटा हुने निगमकाे दाबी छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="