विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्रत्यक्ष वैदेशिक लगानीमा चीन सबैभन्दा अगाडि

सरस्वती ढकाल/काठमाडाैं श्रावण १८, २०७५ 694

छिमेकी मुलुक चीनबाट नेपाल भित्रने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता अरु देशको तुलनामा बढी छ । गत आर्थिक वर्ष (२०७४-७५) र अघिल्लो आर्थिक वर्ष (२०७३-७४)मा नेपालमा कुल ५७ वटा देशबाट लगानीको प्रतिबद्धता आएकोमा चीनको मात्रै ५५ अर्ब रुपैयाँभन्दा धेरै छ ।

नेपालमा दक्षिणी छिमेकी भारतसहित अमेरिका, बेलायत, अस्ट्रेलिया, ब्राजिल बेल्जियमलगायतका देशबाट लगानीको लागि प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा चीनको मेनल्याण्डबाट ५५ अर्ब ८ करोड र चीनकै हङकङबाट ३ अर्ब लगानी प्रतिबद्धता आएको छ । यस्तै, भारतबाट ७ अर्ब ८ करोड, अमेरिकाबाट ३ अर्ब १ करोड, दक्षिण कोरियाबाट २ अर्ब ७ करोड रुपैयाँ बरावरको लगानी प्रतिबद्धता आएको विभागले जानकारी दिएको छ ।

अन्य देशबाट पनि नेपालमा लगानीका लागि स–सानो रकमको प्रतिबद्धता आएको छ । गत दुई वर्षमा ७८ अर्ब रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको छ ।

अघिल्लो वर्ष लगानीका लागि राम्रो नरहेपनि गत आर्थिक वर्षमा भने सन्तोषजनक रूपमा लगानीको प्रतिबद्धता आएको उल्लेख छ । सिमेन्ट उद्योग, होटल, रेष्टुरेन्ट, ऊर्जा, पर्यटन, साना तथा मझौला उद्योगमा चीनको लागनी बढी छ ।

देशमा राजनीतिक स्थिरताको सुरुवातसँगै प्रत्यक्ष वैदेशिक लगानी बढ्न थालेको हो । यससँगै गत वर्ष हालसम्मकै सबैभन्दा धेरै प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ ।

विभागमा आर्थिक वर्ष २०७४/७५ मा ५५ अर्ब ६४ करोड ५६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यो लगानी प्रतिबद्धता अघिल्लो आर्थिक वर्षभन्दा झन्डै चार गुणाले बढी हो । आव २०७३/७४ मा १५ अर्ब २० करोडको लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।

ठूला र मध्यमस्तरका लगानी भित्र्याउने लगानी बोर्ड र औद्योगिक प्रबर्दन बोर्डमार्फत भित्रिएको लगानीसमेत जोड्दा गत आर्थिक वर्षमा आएको लगानी हालसम्मकै धेरै हुन आउँछ ।

विभागका सूचना अधिकृत दुर्गाप्रसाद भुसाल नेपाल अन्तर्राष्ट्रिय लगानी सम्मेलन २०७३ को प्रभावका साथै नीतिगत सुधार भएका कारण लगानी बढेको बताउँछन् । लगानी सम्मेलनमा सबै शीर्ष नेताले एकै आवाजमा देशमा लगानीको वातावरण बनाउने भन्दै विदेशी लगानीकर्ताहरूलाइ नेपालमा लगानी गर्न आग्रह गरेका थिए ।

नीतिगततर्फ पनि औद्योगिक व्यवसाय ऐन, खानी ऐन, पेटेन्ट डिजाइन तथा ट्रेडमार्क ऐन, सेज ऐन तथा नियमावली आएका छन् । नीतिगत रूपमा सुधार आएको छ भने दुईतिहाइ बहुमतहितकोसरकार गठन हुनुले पनि लगानीका लागि आशा पलाएको सूचना अधिकृत भुसाल बताउँछन् ।

गत वर्षमा कुल ६१ अर्ब ७ करोड ६६ लाख लागतका ३ सय ९५ उद्योगमा ५५ अर्ब ६४ करोड ५६ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

यी उद्योगले १३ हजार नयाँ रोजगारी थप्ने प्रतिबद्धता जनाएका छन् । विभागले कृषिजन्य, निर्माण, ऊर्जा, सूचना प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, खनिज, सेवा तथा पर्यटन क्षेत्रमा यो लगानीको प्रतिबद्धता स्वीकृत गरेको छ ।

विभागका अनुसार पर्यटनमा १५६, सेवा ११८, उत्पादनमुलक ६६, सूचना प्रविधि २६, कृषि तथा बनजन्य २०, उर्जा ६ र खानीमा ३ उद्योग स्थापनाका लागि प्रतिबद्धता आएको हो ।

विभागको तथ्यांकअनुसार ३९५ उद्योगका लागि आएको प्रतिबद्धतामध्ये ३७४ वटा साना उद्योग हुन् । त्यस्तै मझौला ६ र ठूला १२ वटा उद्योगका लागि प्रतिबद्धता आएको छ ।

काराेबार

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="