Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०४२४ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९४०७ मे.वा. घन्टा
  • भारत : ८४२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०६७३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्राधिकरणले तीन जिल्लामा पाँच एकीकृत बस्ती विकास गर्ने

ऊर्जा खबर भदौ ०६, २०७५   2860

पुनर्निर्माण



काठमाडौं– सरकारले भूकम्प प्रभावित ३ जिल्लाका ५ क्षेत्रमा एकीकृत बस्ती विकास गर्ने निर्णय गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्राधिकरणका अनुसार सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोकका ५ स्थानमा यस्तो बस्ती विकास गरिनेछ । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–२ खर्कडाँडास्थित नोर्बुलिङ, मेलम्ची नगरपालिका–१२ नम्डोललिङ, भोटेकोसी गाउँपालिका–५ ल्याङथलीमा एकीकृत नमुना बस्ती विकास गर्ने योजना स्वीकृत गरिएको छ ।

ad

यसैगरी, रामेछापको मन्थली नगरपालिका–८ माझीबस्ती गाईखुरा र काभ्रे मण्डनदेउपुर नगरपालिका–१० स्थित तीनधारामा होमस्टेसहित नमुना एकीकृत बस्ती निर्माण हुनेछ । हेलम्बुमा ४० घर, मेलम्चीमा ७० घर र भोटेकोससी १० घर निर्माण हुनेछन् ।

उता मन्थलीमा २४ घर र मण्डनदेउपुरमा ३७ घर निर्माण गर्ने योजना छ । बैठकले प्राधिकरणअन्तर्गतका केन्द्रीय आयोजना कार्यान्वयन इकाईका लागि कर्मचारी दरबन्दी पनि स्वीकृत गरेको छ ।

दरबन्दी अनुसार केन्द्रीय आयोजना कार्यान्वयन इकाई मातहतका शिक्षा, भवन र अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारमा क्रमशः ४ सय ६३, ३ हजार २ सय ५० र ७ सय ४ कर्मचारी स्वीकृत गरिएको छ । बैठकले गुनासो व्यवस्थापन सूचना प्रणालीको अभिलेखमा अन्यत्र बस्नयोग्य घर बनिएका व्यक्तिको सूची सोही अनुसार भए÷नभएको सम्बन्धमा सम्बन्धित गाउँपालिका तथा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतलाई प्रमाणित गरी पठाउन निर्देशन दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="