Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

फिचर

तिर्खा हेरेर बगिरहन्छ महाकाली, पानीको लोभमा ज्यानको आहुति

बैतडी– तिर्खाले महाकाली खोज्छ, महाकालीले ज्यान । यस्तै भयो, पञ्चेश्वरकी वसन्ता चन्दको जीवनमा । पानीको तिर्खा शान्त पार्न गाग्री बोकेर महाकाली किनारतिर झरेकी उनी फेरि फर्किनन् । वसन्तालाई महाकालीले निल्यो । तिर्खा पनि महाकालीकै पानीमा मिसिएर दक्षिण हुत्तियो । यो महाकालीलाई हेरेर जीवनको रथ हाँक्नेहरूको प्रतिनिधि घटना मात्र हो ।…


कागजमा मात्र विद्युत उत्पादन गर्ने आवधिक योजना, लक्ष्य सधैं अधुरो

काठमाडौं– सरकारले विद्युत उत्पादनमा महत्त्वकांक्षी योजना बनाउने गरे पनि आवधिक योजना सुरु भएको करिब ६ दसकसम्म मुलुकमा लक्ष्यभन्दा निकै कम विद्युत उत्पादन भएको छ । जलविद्युत आयोजनाबाट विद्युत उत्पादन थालेको १ सय ७ वर्षभित्र देशमा करिब ११ सय मेगावाटमात्र जडित क्षमता पुगेको छ । नेपालभन्दा एक वर्षपछि जलविद्युतमा हात हालेको…


पूर्वाधार तथा जलविद्युत विकास दाताको हातमा सुम्पिँदै सरकार

काठमाडौं– विद्युत विकासको महत्त्वाकांक्षी लक्ष्य र योजना अघि सार्दै आएको सरकार आफैंले यो क्षेत्रलाई अँध्यारोमा धकेल्ने प्रयास गरेको छ । लगानी बोर्डले संसदमा पेस गरेको सार्वजनिक–निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले अन्योल तथा भद्रगोल उत्पन्न हुने देखिएको हो । प्रधानमन्त्री अध्यक्ष रहने बोर्डले ठूला पूर्वाधार तथा जलविद्युत…


जलविद्युत उत्पादन महँगिँदै, अब प्रतिमेगावाट लागत २० करोडभन्दा बढी

काठमाडौं– जलविद्युत उत्पादनमा निजी क्षेत्रको आकर्षण जसरी बढेको छ । त्यसरी नै आम्दानी र प्रतिफल बढ्न सकेको छैन । यसको कारण हो, जलविद्युत आयोजनाको लागत आकासिँदै जानु । पछिल्लो दशक जलविद्युत उत्पादनको प्रतिमेगावाट लागत करिब १५ करोड रुपैयाँ वरिपरि घुमिरह्यो । तर, वास्तविक तथ्य कहिल्यै बाहिर आउन सकेन । अहिले…


अध्यारा गाउँ उज्यालोको पखाईमा

जलविद्युत्को इतिहास जतिक्कै छ, जनताले बिजुली पाएको इतिहास पनि । विक्रम संवद १९६८ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्सेरले फर्पिङको चन्द्रज्योती विद्युत् आयोजना निर्माण पूरा भएपछि पहिलोपटक खोकनाका सिद्धिलाल महर्जनको घरमा परीक्षणको रुपमा बिजुली बालेका थिए । पहिलोपटक बत्ती राणा दरबारमा बिजुली बाल्दा त्यसले नाश गर्ने होकि भनेर जनताकै घरबाट…


मन्त्री पुनको ६ महिने उडान, जनतालाई विद्युतको सेयरदेखि क्षेत्रीय व्यापारसम्म

काठमाडौं– वर्तमान सरकार गठन भएको करिब ६ महिना पुग्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनामा गरेका कामको पुस्तिका नै निकाले । उता हरेक मन्त्रालयले आ–आफ्नो समीक्षा गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्हालेका वर्षमान पुनले पनि आफ्नो ६ महिने कार्यकालको समीक्षा गरेका छन् । ओली सरकारका मन्त्रीमध्ये…


२० मेगावाटको बूढीगंगा निर्माण गर्न नसक्ने सरकार १५ हजारको ‘गफ हाँक्छ’

सरकारले ५ वर्षमा ५ हजार र १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको घोषणा गरेको छ । यस्ता घोषणा विगतदेखि नै हुँदै आएका हुन् । विगतका घोषणा कहिल्यै पूरा भएनन् । पूरा गर्ने गरी काम पनि सुरु भएन । अहिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विगतका मन्त्रीले जस्तै…


२ वर्षभित्र ११ सय मेगावाट विद्युत खेर जाँदै, सरकार किन उदासिन ?

निजी क्षेत्रले पछिल्लो समय धमाधम जलविद्युत आयोजना निर्माण गरिरहेका छन् । तर, यही गतिमा प्रसारण लाइनको काम भएको छैन । जसका कारण आगामी २ वर्षभित्र ११ सय मेगावाटभन्दा बढी विद्युत खेर जाने अवस्था देखिएको छ । सरकार तथा नेपाल विद्युत प्राधिकरणले समयमै प्रसारण लाइन निर्माण नगर्दा समस्या जटिल बन्दै गएको…


हिन्दूकुश हिमालयमा जलविद्युतको अर्थशास्त्र

हिमाली क्षेत्रमा रहेका देशहरू मध्ये चीनले जलविद्युत विकासमा सबै भन्दा राम्रो प्रगति हासिल गरेको छ र त्यसका पछाडि तीन प्रमुख कारणहरू छन् । पहिलो: चीनसँग आफ्नो विकासको आकाङ्क्षा पुरा गर्न चाहिने जैविक इन्धन पर्याप्त मात्रामा छैन । अहिले कार्यान्वयनमा रहेको १३औ पञ्च वर्षीय योजनामा चीनले आफ्नो आर्थिक विकास कसरी गर्ने…


पञ्चेश्वर बहस र महाकालीमा खोसिएको पानी

‘पञ्चेश्वर आयोजनाको निर्माण धेरै पहिला तय भएको थियो । अहिलेसम्म कति लगानी बढिसक्यो ? तर, अब दुवै देशको पहलमा प्राधिकरण गठन भएको छ । एक वर्षभित्र आयोजनाको काम सुरु हुन्छ । भारत यसमा सक्रिया रूपमा काम गर्न चाहन्छ ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७१ साउन १८ गते तत्कालीन संविधानसभालाई सम्बोधन…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्