विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बानेश्वर र कोटेश्वरमा पनि अन्डरपास निर्माण हुने

ऊर्जा खबर भदौ २८, २०७५ 2695

काठमाडौं– राजाधानीमा अधिक ट्राफिक जाम हुन थालेपछि सरकारले बानेश्वर र कोटेश्वरमा पनि अन्डरपास सडक निर्माण गर्ने भएको छ । दिगो यातायात व्यवस्थापन गर्ने उद्देश्यले योजना अघि बढाइएको हो ।

सडक विभागले दुवै ठाउँमा अन्डरपास निर्माण गर्न विस्तृत विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारीका लागि ठेकेदार छनोट गरिरहेको छ । दुवै स्थानको डिपिआर तयार गर्न ६-६ कम्पनीले आशयपत्र पेश गरेका छन् । यी कम्पनीको मूल्यांकन भइरहेको विभागले जानकारी दिएको छ ।

अन्डरपास ४ वर्षमा सम्पन्न गर्ने गरी योजना तयार भइरहेको विभाग पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले बताए । उनका अनुसार नयाँ बानेश्वरमा एभरेष्ट होटल उकालोदेखि मिनभवनको ओरालोसम्म र तीनकुने उकालोदेखि जडिबुटी ओरालोसम्म अन्डरपास बन्नेछ ।

सवारी जामले सर्वसधारण पैदलयात्रुलाई समेत सडक वारपार गर्न निकै समस्या हुने गरेको छ । कोटेश्वर र वानेश्वरमा अधिक जाम हुँदै आएको छ । यसअघि पनि अन्डरपास निर्माण अघि बढाउने भनिएको थियो ।

अन्डरपास निर्माण गर्न ठाउँ छनोटमा केही समस्या पर्न सक्ने विभागले जनाएको छ । डिपिआर प्रतिवेदन आएलगत्तै विभागले अण्डरपास निर्माणको काम तीब्र गतिमा अघि बढाउने भएको छ ।

चीनको सहयोगमा कलंकीमा निर्माण भइरहेको अन्डरपासको काम पूरा भएको छ । यहाँ सवारी आवागमन पनि सुरु भइसकेको छ । तर, फिनिसिङको काम भने सकिएको छैन । अहिले त्यहाँको सवारी आवागमन केही खुकुलो भएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="