Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९६३० मे.वा. घन्टा
  • निजी क्षेत्र : १०८५४ मे.वा. घन्टा
  • भारत : २६०३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०८७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्दा प्राचीन शैली अपनाउन सुझाव

ऊर्जा खबर भदौ १८, २०७५   979

पुनर्निर्माण



काठमाडौं– राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको बालगोपालेश्वर मन्दिर निर्माण गर्दा प्राचीन शैली र ऐतिहासिक महत्व कायम राख्न सुझाव दिएको छ । गुम्बज शैलीको पुननिर्माण कार्य विवादित भएपछि पुरातत्व विभागका पदाधिकारीलाई बाेलाएर प्राधिकरणले यस्तो सुझाव दिएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरानो स्वरुपमा मन्दिर बनाउँदा बनाउँदा त्यसको प्रामाणीकतामा जोड दिनुपर्ने बताए । उनले मन्दिर मल्लकालीन शैली कि जंगबहादुर राणाको समयको गुम्बज शैलीमा बनाउने भन्ने अन्योल देखिएकाले निर्माण शैली टुङ्गो लगाउन सय वर्षअघिका सम्पदाको प्रमाणिकरण कसरी गर्ने भन्ने विषय स्पष्ट हुन जरुरी रहेको बताए । रानीपोखरीको पुनर्निर्माणको टुङ्गो लगाउन संस्कृति, पर्यटन तथा नागरिक उडड्यान मन्त्रालय, पुरातत्व विभाग र काठमाडौं महानगरपालिकासँग थप छलफल गरिने पनि ज्ञवालीले बताए ।

ad

यस्तै, बालगोपालेश्वर मन्दिर मल्लकालिन शैलीमा निर्माण गर्न विज्ञले सुझाव दिएका छन् । पुरातत्व विभागले राणाकालिन गुम्बज शैलीमा बनाउन सुरु गरेको मन्दिरको काम विवादास्पद भएपछि पुरानो शैलीमा निर्माण गर्न उनीहरुले सुझाव दिएका हुन् ।

पुननिर्माणलाई अवसरका रुपमा लिनुपर्ने बताउँदै उनीहरुले पुरानै शैलीको निर्माणमा जोड दिएका हुन् । केहीले मल्लकालिन शैलीमा मन्दिर निर्माण गर्न प्रमाण नभएकाले भूकम्पअघिकै गुम्बज शैलीमा मन्दिरको पुनर्निर्माणमा जोड दिएका छन् ।

विज्ञहरू धुर्व शर्मा, चन्द्रबहादुर श्रेष्ठ, विष्णुबहादुर भण्डारी,विष्णुराज कार्की, सुदर्शनराज तिवारी, संस्कृति, नागरिक तथा पर्यटन उडड्यन मन्त्रालयका सहसचिव नीता पोखरेल अर्याल, पुरातत्व विभागका महानिर्देशक भेषनारायाण दाहाल, लगायत आफ्नो धारणाा राखेका थिए ।

पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा निर्माण गर्दा सिमेन्ट प्रयोग गरेको भन्दै विवाद उत्पन्न भएपछि रोकिएको छ । काठमाडौं महानगरपालिकाले पनि मन्दिर निर्माण गर्दा मापदण्ड पूरा नगरेको ठहर गरेपछि विभागले काम रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="