Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८५३५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ११३५३ मे.वा. घन्टा
  • भारत : १०८० मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०९६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बिपी राजमार्गको भार मापन गर्न यन्त्र जडान गरिने

ऊर्जा खबर/काठमाडौं असार १७, २०७५   2246

सडक



सरकारले बिपी राजमार्गको भार मापन गर्न यन्त्र जडान गर्ने भएको छ । क्षमताभन्दा बढी सवारी साधन सञ्चालन हुँदा राजमार्ग भत्किनेक्रम बढेपछि भार मापन यन्त्र जडान गर्न लागिएको हो ।

राजमार्गमा गुड्ने सवारी साधनको दैनिक अनुगमन हुन नसक्दा तथा प्रहरीले पनि बढी यात्रु बोकेर हिड्नेलाई कारबाही गर्न नसकेपछि भार मापन यन्त्र जडान गर्न प्रक्रिया अघि बढाइएको सडक आयोजनाका निमित्त प्रमुख राकेश महर्जनले बताए ।

ad

‘सूर्यविनाय-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिवास सडकको मर्मतमा बार्षिक करोडौ रुपैयाँ लगानी भए पनि ओभर लोडडेड सवारी साधनको संख्या बढ्दा भत्किनेक्रम रोकिएन,’ उनले आइतबार ऊर्जा खबरसँग भने,‘यही अवस्था रहिरहने हो भने संरचना जोगाउन सकिँदैन ।’
मापदण्ड विपरीत चलिरहेका सवारी साधनलाई कानुनी दायरामा ल्याउन भार मापन यन्त्र जडान गर्नु नै उत्तम विकल्प देखिएको पनि महर्जनले बताए ।

आधुनिक प्रविधि सहितका दुई वटा यन्त्र राजमार्गको सिन्धुली र काभ्रे खण्डमा राख्ने सडक विभागको योजना छ । यन्त्रले गाडीको पछाडीपट्टीका दुवै चक्का गुडेपछि तौल दिनेछ । सवारी साधनको तौल, सवारीको नम्बर र समय मापन यन्त्रमा जडान गरिएको हुनेछ । यन्त्रले ३० टनसम्मको भार मापन गर्न सक्छ ।

४ खण्डमा विभाजन गरिएको यो सडक खण्डको दुरी १ सय ६० किलोमिटर छ । पहिलो खण्ड बर्दिबास–सिन्धुलीमाढी ३७ किलोमिट, दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३६.५ किलोमिटर, तेस्रो खण्ड खुर्कोट–नेपालथोक ३६.५ किलोमिटर र चौथो खण्ड नेपालथोक–धुलीखेल ५० किलोमिटर सडक पर्दछ ।

जटिल भौगोलिक संरचना तथा सडकको चौडाइ ४ मिटर मात्र भएकाले राजमार्गमा साना सवारी र १० टन क्षमता भएका सवारीलाई मात्र रुट इजाजत दिने गरिएको थियो ।

मुख्यगरी नेपालथोक-धुलिखेल सडख खण्डमा बढी लोड बोकेर हिड्ने मालबहाक ट्रिपरले राजमार्ग भत्काउने गरेको सडक विभागको दाबी छ । जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले दिएको रिपोर्ट अनुसार यो राजमार्गमा १६ टनभन्दा बढी क्षमताका सवारी साधन सञ्चालन गर्नु हुँदैन । तर, अहिले २५ टनभन्दा बढी क्षमताका सवारी साधन निर्वाधरुपमा सञ्चालन भइरहेका छन् ।

हाल बिपी राजमार्गमा दैनिक चार हजार भन्दा बढी सवारी साधन र १ हजारबढी ट्रिपर गुड्ने गरेको विभागको तथ्याङ्क छ । ठाउँ ठाउँमा भत्किएको सडक ममर्त गर्न वार्षिक १ करोड रुपैयाँभन्दा बढी खर्च हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="