advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३६८ मेगावाट
  • निजी क्षेत्र : २३७ मेगावाट
  • भारत : ४६७ मेगावाट
  • लोडसेडिङ : ४० मेगावाट (उद्याेग)
  • माग : १११२ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

बैंक

गरिमा बैंकको ‘गरिमा रेमिट’ सञ्चालनमा

गरिमा विकास बैंक लिमिटेडले मंगलबारदेखि आफ्नो रेमिट प्रोडक्ट ‘गरिमा रेमिट’ सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक आनन्दप्रसाद श्रेष्ठले गरिमा रेमिटको उद्घाटन गरेका हुन् । बैंकले ग्राहकलाई प्रदान गर्ने सेवामा विविधिकरण गर्दै जाने क्रममा गरिमा रेमिट प्रोडक्ट सञ्चालनमा ल्याएको श्रेष्ठले बताए । रेमिट माध्यमबाट देशका विभिन्न स्थानमा रहने गरिमा रेमिटका एजेन्टमार्फत…


जलविद्युतमा ज्योति विकास बैंकको १ अर्ब २० करोड प्रतिबद्धता

उत्पादनमुलक क्षेत्रमा केन्द्रीत ज्योति विकास बैंकले जलविद्युत विकासमा करिब १ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ । बैंकले विभिन्न बैंकहरूसँग सहवित्तीयकरणमा लगानी बढाउँदै आएको हो । प्रतिबद्धता जनाएको रकममध्ये हालसम्म करिब ६० करोड रुपैयाँ खर्च भएको बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले जानकारी दिए । ‘जलविद्युतमै लगानी…


तामाकोसीबाट विद्युत उत्पादनपछि आर्थिक वृद्धि ५.५ प्रतिशत पुग्ने : एडिबी

देशकै सबैभन्दा ठूलो निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीबाट विद्युत उत्पादन भएपछि आर्थिक वृद्धिदर साढे ५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । एसियाली विकास बैंक (एडिबी) ले चालू तथा आगामी आर्थिक वर्षको समग्र विकास परिदृष्यबारे विश्लेषण गर्दै तामाकोसीको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेको हो । गत आव (२०७३/७४) को…


कर्मचारी सञ्चय कोषको ‘निशुल्क एसएमएस सेवा’

  कर्मचारी सञ्चय कोषले कोषमा आवद्ध सञ्चयकर्ताले रकम जम्मा गर्दा वा सापटी लिँदा यसको जानकारी एसएमएसबाट गराउने भएको छ । सञ्चयकर्तालाई आधुनिक सेवा प्रदान गर्ने लक्ष्यले यसो गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गर्दा वा निकाल्दा यसको जानकारी मोबाइलको एसएमएसबाट प्राप्त हुन्छ । यसरी सेवा दिँदा…


सुपर न्यादीमा लगानी जुट्यो

लमजुङमा निर्माण हुने ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत आयोजनामा ६ बैंकले लगानी गर्ने भएका छन् । एनएमबी बैंकको अगुवाईमा प्रभु, मेगा, सेन्चुरी, एनसिसी र कुमारी बैंक लिमिटेडले ऋण लगानी गर्न लागेका हुन् । आयोजनाको प्रवर्द्धक सिउरी न्यादी पावर कम्पनी र बैंकबीच बुधबार लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा कम्पनीका…


७ वर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन असम्भव : विश्व बैंक

सरकारले ७ वर्षमा १७ हजार मेगावाट विद्युत उत्पादनको महत्वाकांक्षी लक्ष्य निर्धारण गरे पनि त्यो सम्भव नहुने विश्व बैंकले दाबी गरेको छ । उचित संरचना, नीति नियम तथा कार्यान्वयन क्षमता अभाव रहेकाले लक्ष्य पूरा नहुने दाबी गरिएको हो । संघीय नेपालका लागि नयाँ दृष्टिकोण तथा प्रणालीगत निदानबारे प्रतिवेदन सार्वजनिक गर्दै बैंकले…


ऊर्जा विकास तथा उपयोगमा लैंगिक असमानता : एडिबी

नेपालको ऊर्जा विकास, उपयोग, सहभािगता र यसको लाभ बाँडफाँडमा लैंगिक असमानता कायम रहेको देखिएको छ । एसियाली विकास बैंक (एडिबी) ले गरेको एक अध्ययनमा यस्तो उल्लेख गरिएको हो । ‘ऊर्जा क्षेत्रमा लैंगिक समानता तथा सामाजिक समावेशीता’ शीर्षकमा गरिएको अध्ययनअनुसार देशका अधिकांश महिला, गरिब र सीमान्तकृत समुदाय ऊर्जाबाट पाउनुपर्ने लाभबाट बञ्चित…


एडिबीले तोक्यो ऊर्जामा ७ अर्ब खर्चको सीमा

एसियाली विकास बैंक (एडिबी) ले आफ्नो लगानीका आयोजनामा चालू वर्ष अर्थात् सन् २०१८ मा ७ अर्ब रुपैयाँभन्दा बढी बजेट खर्च गर्नुपर्ने सीमा तोकेको छ । पछिल्लो समय सरकारको खर्च गर्ने क्षमता बढ्दै गए पनि केही आयोजनाको प्रगति निराशाजनक रहेको भन्दै खर्च बढाउन दबाब दिइएको हो । एडिबीका अनुसार सरकारले चालू…


एडिबीको लगानीका आयोजना, एक वर्षमा ३१ अर्ब खर्च

एसियाली विकास बैंक (एडिबी) को सहयोगमा सञ्चालित आयोजना कार्यान्वयन तथा खर्च क्षमतामा नेपालले पछिल्लो समय निकै सुधार गरेको छ । सन् २०१७ मा मात्र विभिन्न आयोजनामा करिब ३१ अर्ब रुपैयाँ खर्च भएको छ । एडिबीले शुक्रबार आयोजना गरेको सन् २०१८ को पहिलो समीक्षा बैठकमा गत वर्षको लगानी, खर्च तथा प्रगतिबारे…


२ अर्ब डलर भ्रष्टाचार अाराेपमा पन्जाब बैंकका १८ कर्मचारी निलम्बन

भारतको केन्द्रीय अनुसन्धान ब्यूरो सिबिआई) ले झन्डै २ अर्ब अमेरिकी डलर आर्थिक हिनामिना गरेको आरोपमा सरकारी स्वामित्वको एक बैंकका १८ कर्मचारीलाई निलम्बन गरेको छ । फर्जी तथा गैरकानुनी कारोबार गरेको आरोपमा निलम्बन गरिएको हो । अनुसन्धानका क्रममा केही कर्मचारीलाई रंगेहात समातिएको जनाइएको छ । सिबिआईका अनुसार पन्जाब नेशनल बैंकका कर्मचारी…


sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7