Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०४११ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८१६ मे.वा. घन्टा
  • भारत : १०३७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२६४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

बैंक

आर्थिक वृद्धिदर साढे ४ प्रतिशतमा खुम्चिने

विश्व बैंकले अबका दुई आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर साढे ४ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । आर्थिक वर्ष सन् २०१८ र २०१९ का लागि यस्तो अनुमान गरिएको हो । बैंकले आइतबार ‘नेपाल डेभलपमेन्ट अपडेट (नेपालको अद्यावधिक विकास)’ सार्वजनिक गर्दै आगामी वर्षमा आर्थिक वृद्धि खुम्चिने प्रक्षेपण गरेको छ ।…


बंगलादेश बैंकले बोनस सेयर र नगद लाभांश दिने

नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र ३.७९ नगद लाभांश दिने भएको छ । कम्पनीको शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैंकको ३०९औं सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट बोनस सेयर र नगद लाभांश दिने निर्णय पारित गरेको छ ।…


वित्तीय संस्थाले उत्पादनशील क्षेत्रमा लगानीकाे सीमा पुर्याएनन्

बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७३/७४ मा नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्रमा तोकेको कर्जा लगानीको सीमा पुर्याउन सकेनन् । अल्पकालीन नाफाका क्षेत्रमा लगानी बढाउँदा उत्पादनशील क्षेत्रको सीमा नपुगेको हो । राष्ट्र बैंकले सोमबार जारी गरेको गत आवको वार्षिक तथ्यांकअनुसार उत्पादनशील क्षेत्रमा २० प्रतिशत लगानीको सीमा तोकिएकोमा १८.२ प्रतिशतमात्र पुगेको…


माछापुच्छ्रेका चार शाखारहित बैंकिङ सेवा

माछापुच्छ्रे बैंक लिमिटेडले तराईका चार स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले युकेएड सक्षमसँगको सहकार्यमा रुपन्देहीस्थित गैडहवा, रोहिणी तथा सम्मरी माई गाउँपालिकाका ४ ठाउँमा सेवा सञ्चालन गरेको जनाएको छ । ती केन्द्रबाट खाता खोल्न, रकम जम्मा गर्न, झिक्न, रेमिट्यान्स भुक्तानी लगायत सेवा लिन सकिन्छ । ऋणका लागि आवेदनसमेत…


माछापुच्छ्रे बैंकको ११ स्थान सेवा विस्तार

माछापुच्छ्रे बैंकले एकै दिन देशभरका ११ स्थानमा बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले सोमबार ६ शाखा कार्यालय, ३ एक्स्टेनसन काउन्टर र २ स्थानमा शाखारहित बैंकिङ कारोबार सुरु गरेको हो । झापाको दमक, सिराहाको लाहान, महोत्तरीको बर्दिबास, सुर्खेत, बाँकेको कोहलपुर र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ…


एस बैंक एनआइबिएलमा गाभिएपछि संयुक्त काराेबार

नेपाल इन्भेष्टमेन्ट बैंकले (एनआइबिएल) र एस डेभलपमेन्ट बैंक प्राप्त गरेपछि नेपाल इन्भेष्टमेन्ट बैंकका रूपमा संयुक्त कारोबार सुरु भएको छ । एसलाई एक सय बराबर ४१ सेयर स्वाप रेसियोमा खरिद गरेपछि एनआइबिएलको चुक्ता पुँजी ९ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । ८ अर्ब ७८ करोड रुपैयाँ पुँजी रहेको एनआइबिएल निजी…


वाणिज्य बैंकले जलविद्युतमा १ खर्ब लगानी गर्नैपर्ने

वाणिज्य बैंकहरूले अब जलविद्युत विकासमा आफ्नो लगानीको सीमा बढाएर वर्षको १ खर्ब रुपैयाँ हाराहारी पुर्याउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको अार्थिक वर्ष २०७४/०७५ मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो । मौद्रिक नीतिमा बैंकहरूले आफ्नो कूल ऋण लगानीको ५ प्रतिशत अनिवार्य जलविद्युत विकासमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था…


गरिमा बैंकको पुँजी सावा दुई अर्ब

चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने नेपाल राष्ट्र बैंकको निर्देशनपछि गरिमा विकास बैंकले अहिले करिब २ अर्ब १७ करोड रुपैयाँ पुर्याएको छ । केही समयअघि १० बराबर ७ (१०ः७) को अनुपातमा हकप्रद सेयर निष्कासन गरेपछि उक्त परिमाणको पुँजी पुगेको हो । २०७३ गत २७ देखि बैंकले लाजिम्पाटबाट अनौपचारिक…


काठमाडौंमा गरिमाको मुख्य कार्यालय

पोखरामा मुख्य (कर्पोरेट) कार्यालय राखेर देशभर सेवा दिँदै आएको गरिमा विकास बैंकले आफ्नो कार्यालय काठमाडौं सारेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले शुक्रबार बैंकको कार्यालय उदघाटन गर्ने भएका छन् । क्षेत्रीय विकास बैंकका रुपमा २०६४ कात्तिक १८ गतेदेखि मुख्य कार्यालय स्याङ्जाको वालिङमा राखेर कारोबारबार सुरु गरेको थियो ।…


जलविद्युतमा बैंककाे ३ प्रतिशतमात्र लगानी

वाणिज्य बैंकहरूले गत जेठसम्म जलविद्युत्मा ५० अर्ब रुपैयाँ लगानी गरेका छन् । यो बैंकहरूको कुल लगानीको ३ प्रतिशत मात्र हो । ०७३ असारको तुलनामा भने जलविद्युत् क्षेत्रको लगानी साढे ३१ प्रतिशतले बढी हो । ०७३ असारमा जलविद्युत् क्षेत्रमा बैंकहरूको लगानी ३८ अर्ब रुपैयाँ थियो । तर, बैंंकरहरू भने यो तथ्यांकलाई…


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्