Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०४२४ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९४०७ मे.वा. घन्टा
  • भारत : ८४२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०६७३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

भूकम्प गएको तीन वर्षपछि सिंहदबार पुनर्निर्माण गर्न माटो परीक्षण (फोटो फिचर)

ऊर्जा खबर भदौ २४, २०७५   2892

पुनर्निर्माण



काठमाडौं– विनाशकारी भूकम्पले भत्किएको देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पुनर्निर्माण बल्ल माटो परीक्षणको काम सुरु गरिएको छ । पुननिर्माणको विधि र प्रणाली यकिन नहुँदा अझै कामले गति लिन सकेको छैन ।

पुरातात्त्विक र ऐतिहासिक महत्त्व जोगाएर सिंहदरबार पश्चिम भाग पुनर्निर्माण गर्ने राष्ट्रिय प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुुशील ज्ञवालीले बताएका छन् । भूकम्पबाट बढी क्षति पुगेको पश्चिमी भाग भत्काएर बनाउने कि प्रबलीकरण गर्ने भन्ने स्पष्ट छैन ।

ad

यसको अध्ययन गरिरहेको इन्फ्रास्ट्रक्चर इन्जिनियरिङ रिसर्च एन्ड कन्सलट्यान्टले केही महिनामा प्रतिवेदन दिने जनाइएको छ । सिंहदरबारको पश्चिम खण्ड तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेर जबराको पालामा निर्माण भएको थियो ।

उक्त भवन २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो जसको पछि पुनर्निर्माण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="