विद्युत आपूर्ति

  • प्राधिकरण :५७०७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९६२ मे.वा. घन्टा
  • भारत : १००११ मे.वा. घन्टा
  • ट्रिपिङ : २५ मे.वा. घन्टा
  • माग : २०७०५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

भूकम्प प्रभावित जिल्लामा निशुल्क इन्टरनेट जडान पूरा

ऊर्जा खबर/काठमाडौं असार २०, २०७५   777 आइ सि टी


भूकम्पबाट अति प्रभावित ४ जिल्लाका विभिन्न स्थानमा इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले दिएको जिम्मेवारी नेपाल टेलिकमले तोकेको समयभन्दा एक महिना अघि नै पूरा गरेको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरी उक्त काम पूरा गरिएको हो ।

प्राधिकरणले टेलिकमसँग सम्झौता गरी भूकम्पबाट अति प्रभावित जिल्लाका ७ सय ४७ सेवा केन्द्रमा २०७५ असार मसान्तसम्म इन्टरनेट सेवा उपलब्ध गराउने जिम्मेवारी दिएको थियो । टेलिकमले २०७५ जेठभित्रै तोकेको ठाउँमा सेवा पुर्याएको छ ।

ग्रामीण क्षेत्रमा समेत दूरसञ्चार सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार प्राधिकरणले २०७४ बैशाख २१ मा टेलिकमसँग सम्झौता गरेको थियो । कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकका २१३, काभ्रेपलाञ्चोकका २८९, नुवाकोटका २०५ र रसुवाका ४० स्थानमा सेवा सञ्चालनमा ल्याएको छ ।

टेलिकमका अनुसार अब समग्रमा ३१३ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १६९ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २६५ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट चलाउन सकिनेछ ।

जिल्लागतरूपमा सिन्धुपाल्चोकका ९३ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ४९ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ७१ विद्यालय, काभ्रेपलाञ्चोकका १२८ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ५८ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र १०३ विद्यालयमा सेवा पुर्याइएको छ ।

यसैगरी, नुवाकोटका ७५ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ५० हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ८० विद्यालय तथा रसुवाका १७ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १२ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ११ विद्यालयमा सेवा सञ्चालन भएको जनाइएको छ ।

सेवाग्राहीले तोकिएका ठाउँमा ५१२ केबिपिएस गतिको अनलिमिटेड इन्टरनेट सेवा २ वर्षसम्म निःशुल्क उपभोग गर्न पाउनेछन् । साथै सेवा सञ्चालन तथा मर्मतमा टेलिकमले सहयोग गर्नेछ । इन्टरनेट उपलब्ध गराउन स्थानअनुसार वाइम्याक्स सिपिई तथा थ्रिजी÷ईभिडिओ वाइफाई राउटर व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="