Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

मन्थली नगरपालिकामा सडक भत्काउन नपाइने

ऊर्जा खबर/रामेछाप श्रावण १०, २०७५   764

सडक



सदरमुकाम मन्थलीमा ढल विस्तार गर्नुपर्ने भन्दै केही समय सडक भत्काउन रोक लगाइएको छ । डिभिजन सडक कार्यालय खुर्कोटले सडक विभागको निर्देशन अनुसार यस्तो निर्णण् गरेको हो ।

अहिले बर्खामा कुनै पनि सडक भत्काउन नपाइने नीति बनाइएको छ । मन्थली नगरपालिकाले बजारदेखि रणजोर खोलासम्म ढल विस्तार गरिरहेको छ । नगरपालिकाभित्रको सडक थप स्तरोन्नत्ती र विस्तार गर्ने अभियान अनुसार काम भइरहेको नगर प्रमुख रमेश वस्नेतले बताए ।

ad

अहिले काम रोकिएकाले ३ महिनाभित्र ढल निर्माण गरी विस्तारित सडक कालोपत्रे गरिने जनाइएको छ । ढलको उचित निकास नहुँदा केही महिनाअघि आएको वर्षाले बजार जलमग्न भएको थियो । अब बजारको संरचना नबिगारी ढलसहितको व्यवस्थापन गर्न नगरपालिकाले कार्यक्रम अघि सारेको छ ।

वर्षाका कारण सडक भत्काउन रोक लगाइएको डिभिजन प्रमुख राजेश महर्जनले बताए । ‘विभागले बर्खामा कुनै पनि सडक भत्काउन नपाइने परिपत्र जारी गरेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘ढलका लागि सडक भत्काउँदा थप अस्तब्यस्त हुने हुँदा तत्काल काम रोकिएको हो ।’

केही वर्षअघिमात्र कालोपत्रे गरेको सडक अहिले ढल विस्तार गर्दा भत्काइएको छ ।  बजार क्षेत्रको सडक साँघुरो हुँदा यातायात सञ्चालनमा समेत कठिनाई भएको छ ।

विभागले भदौसम्म सडक भत्काउन अनुमति दिएको छैन । यसो हुँदा ढल विस्तार असोजपछि मात्र सुरु हुनेछ । ढल ओछ्याइएको करिब ४ सय मिटर कालोपत्रे गर्न १ करोड ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ । ५ मिटर सडक विस्तार गरी ७ मिटर बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस