विद्युत आपूर्ति

  • प्राधिकरण :५६१६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२४ मे.वा. घन्टा
  • भारत : ८५१६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९७५६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माथिल्लो नौगाडले चैतभित्र ८ मेगावाट विद्युत केन्द्रीय प्रणालीमा थप्ने

ऊर्जा खबर मङि्सर १९, २०७५ 2685

काठमाडौं– दार्चुलामा निर्माणाधीन ८ मेगावाटको माथिल्लो नौगाड जलविद्युत आयोजनाबाट आगामी चैत १५ गते विद्युत उत्पादन परीक्षण सुरु हुने भएको छ ।

अपी पावर हाइड्रो पावर कम्पनीले दार्चुलामा निर्माण गरेको यो दोस्रो आयोजना हो । आयोजनाबाट अबको ४ महिनामा व्यावसायिक उत्पादन हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जिव न्यौपानेले बताए ।

कम्पनीले निर्माण गरेको आयोजनामा नेपाल एसविआई बैंक तथा प्रभु बैकले लगानी गरेका छन् । उत्पादित विद्युत चमेलिया जलविद्युत आयोजना नजिक निर्माण भएको १३२ केभी बलाँच सवस्टेसनमा जोडिनेछ ।

नौगाडबाट विद्युत उत्पादन भएपछि ४० मेगावाटको माथिल्लो चमेलिया निर्माण गर्ने कम्पनीको योजना छ । यसैगरी, कम्पनीले १४ मेगावाट क्षमताका सोलार आयोजना समेत निर्माण सुरु गर्ने जनाएको छ ।

कम्पनीले यसअघि नौगाढ खोलामै साढे ८ मेगावाटको नौगाड निर्माण गरिसकेको छ । माथिल्लो नौगाडपछि कम्पनीले एउटै खोलाबाट साढे १६ मेगावाट विद्युत प्रणालीमा जोड्नेछ । योसँगै सोलार र चमेलिया समेत जोड्दा कम्पनीले ७०.५० मेगावाट विद्युत उत्पादन गरी केन्द्रीय प्रणालीमा योगदान पुर्याउनेछ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="