Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माथिल्लो मर्स्याङ्दी ‘ए’ सुचारु

चैत ०१, २०७३   517

छापा



मर्मतसम्भारमा रहेको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको दुवै टर्बाइन सञ्चालनमा आएका छन् ।
आयोजनाका २५र२५ मेगावाटका दुई टर्बाइनमध्ये मर्मतको क्रममा युनिट १ बाट एक महिनासम्म विद्युत् उत्पादन बन्द थियो । आयोजनाले हाई भोल्टेजका कारण क्षति पुगेकामा मर्मत भई २९ मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको जनाएको छ । नदीमा पानीको अभावले पूर्ण क्षमतामा उत्पादन हुन नसकेको हो ।
आयोजनाका जनसम्पर्क प्रमुख कर्ण अधिकारीले प्राविधिक समस्या समाधान भएपछि युनिट १ बाट गत सातादेखि विद्युत् उत्पादन सुचारु भएको बताए ।
विद्युत् प्रसारण लाइनमा आएको हाई भोल्टेजका कारण ‘हाई भोल्टेज प्यानल ब्रेकर’ जल्दा युनिट १ बाट फागुन पहिलो सातादेखि विद्युत् उत्पादन रोकिएको थियो । हाई भोल्टेजका कारण जलेको ‘ब्रेकर’ चीनबाट ‘एअर लिफ्ट’ गरी ल्याएर जडान गरिएको हो ।

स्रोतःकान्तिपुर दैनिक

ad

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="