Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८३५७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८८२ मे.वा. घन्टा
  • भारत : ४२८४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

राजधानीका सडकको बेहाल, सरकारकै इशारामा ठेकेदारको दादागिरी

ऊर्जा खबर भदौ १५, २०७५   4218

सडक



काठमाडौं– अस्तव्यस्त राजधानीका सडक मर्मत, स्तरोन्नती तथा निर्माण गर्न सरकारले निरन्तर निर्देशन दिँदै आएको छ । तर, काम गर्ने ठेकेदारले निर्देशन कार्यान्वयन गर्न कहिल्यै चासो दिने गरेको छैन ।

सरकारले निर्देशन दिएपछि सरोकारवाला निकायले ठेकेदारलाई दबाब दिने प्रयास गरे पनि यसले परिणाम दिन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सडक अनुगमन गरेर मर्मत तथा स्तरोन्नती गर्न पछिल्लो ६ महिनामा पटक–पटक निर्देशन दिएका छन् ।

ad

प्रधानमन्त्री र मन्त्रीको निर्देशन ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ जस्तै भएको छ । उता सडकको अवस्थामा सुधार आउने संकेत पनि देखिएको छैन । चाबहिल–बौद्ध होस् वा कलंकी–नागढुंगा मात्र नभई उपत्यकाका दर्जनौं सडकको दुरावस्था छ ।

सरकारको निर्देशनलगत्तै ठेकेदारले काम गर्ने संकेत देखाए पनि केही समयपछि पुनः काम रोकिने गरेको छ । मन्त्रीको अनुगमन र निर्देशनले मात्र सडक मर्मत तथा निर्माण हुन नसक्ने बौद्धका स्थानीय फुर्बा शेर्पाले बताए ।

‘मन्त्री आए निर्देशन दिए गए, काम होला भन्ने आशा जग्यो, हप्ता बित्यो, महिना बित्यो तर सडकको अवस्थामा सुधार आउन सकेन,’ उनले ऊर्जा खबरसँग भने, ‘काम नगर्ने ठेकेदारलाई कडा कारबाही गर्ने संयन्त्र नहुँदासम्म सडकको अवस्थामा सुधार हुँदैन ।’

अनुगमनमा जाने मन्त्रीको अगाडि काम गरेको देखाउने ठेकेदारले भोलि पल्टदेखि देखा नै नपर्ने स्थानीयको गुनासो छ । सडकमा तामझाम गरेर अनुगमन गरेपछि काम हुनुपर्ने हो, देखाउन मात्र हो भने अनुगमन नगर्दा हुन्छ,’ जोरपाटीका माधव पुडासैनीले भने ।

सडक विस्तार क्षेत्रमा बिजुली, टेलिफोन तथा अन्य सेवा प्रदायकको तार व्यवस्थापन गर्न मन्त्रिपरिषदले समेत निर्देशन दिएको छ । तर, यसतर्फ पनि काम हुन सकेको छैन । खाल्डाखुल्डी पुर्ने, पानी नालीबाट मुख्य ढलमा पठाउने र निर्माण सामग्री तथा फोहोरमैला उपयुक्त स्थानमा व्यवस्थापन गर्ने काम भएको छैन ।

चाबहिल–बौद्ध–जोरपाटी सडक दुई वर्षमा पूरा गर्ने गरी काम सुरु भएको थियो । तर, अहिलेसम्म करिब ३० प्रतिशतमात्र काम भएको छ । प्रधानमन्त्री ओलीले गत साउन १६ गते कलंकी–नागढुंगा र चाबहिल–जोरपाटी कालोपत्रे र करिडोर सडक निर्माण एवं मर्मत निर्देशन दिएका थिए । भदौ १५ गतेभित्र सम्पन्न गर्न भने पनि यसको कार्यान्वयन भएको छैन ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="