advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३२४ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४५६ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२०५ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

रेल

कुर्था–जयनगर रेल आउँदो कात्तिकदेखि सञ्चालनमा

नेपालको कुर्था (जनकपुरदेखि ५ किलोमिटर पश्चिम) देखि भारतको जयनगरसम्म कात्तिक ०७५ देखि रेल गुड्ने भएको छ । यही फागुनदेखि सञ्चालनमा ल्याउने तयारी भए पनि ट्र्याक निर्माणलगातयका काम पूरा नहुँदा तोकिएको समयभन्दा ८ महिना ढिला गरी रेल सञ्चालन गर्ने नयाँ लक्ष्य निर्धारण गरिएको हो । ‘अन्तरदेशीय रेलमार्ग सञ्चालनअन्तर्गत पहिलो चरणमा निर्माणाधीन…


जनकपुर–जयनगर रेलमार्ग अन्तिम चरणमा

काठमाडौं – निर्माणाधीन जयनगर–जनकपुर रेलमार्गमा बिछ्याउने रेलका लिक आउन थालेका छन् । ३५ किलोमिटर लामो उक्त मार्गका लागि आवश्यक फलामे लिक सोमबारदेखि आउन सुरु गरेका हुन् । उक्त रेलमार्गमा बिछ्याउनका लागि झन्डै ४१ हजार टन रेल लिक ल्याउन लागिएको हो । सोमबार झन्डै १० टन लिक आइसकेको रेल विभागका महानिर्देशक…


नेपालको रेशममार्ग रेल सपना

दुई ठूला अर्थतन्त्रबीच रहेको एक सानो भूपरिवेष्ठित हिमाली देशमा रेल्वे कहिल्यै पनि प्राथमिकतामा नपरेको भएपनि चीनले आफ्नो रेल सञ्जाललाई विस्तार गरी सिगात्सेसम्म जोडेको र सन् २०२० मा नेपाली नाकाबाट केहि पर केरुगं ल्याइपुर्याउने योजनाको घोषणा गरेपछि भने यसले निकै चर्चा पाएको छ। “गुड मर्निङ् सर,” सशस्त्र प्रहरी बल नेपालका अधिकृतले…


भारतीय रेल्वेको जरिवाना ६ गुणासम्म बढ्यो

भारतीय रेल्वेले सीमावर्ती रक्सौल स्टेसनको माल गोदाममा आउने र्याकको विलम्ब शुल्कमा भारी वृद्धि गरेको छ । पूर्व मध्य रेल समस्तीपुरले गत बिहीबार जारी गरेको सूचनाअनुसार विलम्ब शुल्क ६ गुणासम्म बढेको छ । यही जुन २४ शनिबारदेखि १० दिनका लागि नयाँ विलम्ब शुल्क लागू गरिएको रेल्वेले जनाएको छ । रेल्वेले अनलोडमा…


पूर्व–पश्चिम रेलमार्ग : सम्भाव्यता अध्ययन पूरा

मुलुकमा रेल यातायात सञ्चालन गर्न सरकारले घोषणा गरेका विभिन्न तीनओटा रेलमार्ग तथा खण्ड/लिङ्क निर्माणका कार्यहरू अघि बढेका छन् । राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेका पूर्व–पश्चिम रेलमार्ग, रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग र हाल सञ्चालनमा रहेको जयनगर–जनकपुर–बिजुलपुरा–बर्दिवासको बाँकी निर्माणाधीन रेलमार्ग निर्माणका लागि आवश्यक तयारीहरू तीव्र पारिएको आर्थिक सर्वेक्षण २०७३/७४ मा उल्लेख छ । मुलुकमा…


इपिसी मोडलमा मोनोरेलको प्रस्ताव

काठमाडौं उपत्यकामा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा मोनोरेल निर्माण गर्न प्रस्ताव गरिएको छ । मानोरेल निर्माणका लागि विभिन्न पाँच कम्पनीले लगानी बोर्डमा प्रस्ताव पेस गरेका छन् । विदेशी कम्पनीले लगानी बोर्डमा पेस गरेका प्रस्ताव अहिले राष्ट्रिय योजना आयोग पुगेका छन् । विभिन्न देशका पाँच कम्पनीका प्रस्तावमध्ये तीनवटाले ईपीसी मोडलमा…


काठमाडौं–दिल्ली र काठमाडौं–कलकत्ता रेल बनाउने भारतीय रेलमन्त्रीको प्रस्ताव

भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुले काठमाडौं–दिल्ली र काठमाडौं–कलकत्ता रेलमार्ग बनाउने प्रस्ताव गरेका छन् । आइतबारबाट शुरु दोस्रो पूर्वाधार सम्मेलनमा सहभागी हुन आएका रेलमन्त्री प्रभुले उक्त दुई रेलमार्गका लागी नेपाल सरकारसमक्ष प्रस्ताव गर्ने बताएका हुन् । नेपाल उद्योग परिसंघद्वारा आयोजित पूर्वाधार सम्मेलन…


sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7