Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

लगानी बोर्डलाई टेर्दैनन् मन्त्रालय

फागुन १२, २०७३   464

छापा



विभिन्न मन्त्रालयले लगानी बोर्डलाई परियोजना बैंकमा समावेश गर्न लागिएका प्रस्तावित आयोजनाहरूको विस्तृत विवरण दिन अटेर गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षमा २४ पुसमा बोर्डद्वारा प्रस्ताव गरिएका १ सय २२ परियोजनाहरूको सूची तयार गरेर अन्तिम रूप दिनका लागि सम्बन्धित मन्त्रालयमा पठाए पनि ती मन्त्रालयहरूले भने बोर्डलाई अटेर गरेका हुन् ।

ad

आगामी साता हुन लागेको लगानी सम्मेलनमा प्रस्तुत गर्ने गरी बोर्डले तयारी अघि बढाए पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनबाहेक अन्य मन्त्रालयले हालसम्म अन्तिम रूप दिएका छैनन् ।

“ऊर्जा, उद्योग, वातावरण, कृषि, भौतिक पूर्वाधार तथा यातायात, आपूर्ति, शिक्षा, स्वास्थ्य लगायतका मन्त्रालयले अहिलेसम्म विस्तृत विवरण उपलब्ध गराएका छैनन्,” लगानी बोर्ड स्रोतले भन्यो, “तीनपटक ताकेता पत्र पठाए पनि त्यसलाई अटेर गरेका छन्, उनीहरूले नपठाउँदा प्रधानमन्त्रीको अध्यक्षतामा गरेको निर्णय समेत कार्यान्वयन हुन सकेको छैन ।”

बोर्ड बैठकले पहिचान भएका परियोजनाहरू सम्बन्धित मन्त्रालयसँग समन्वय गरी लगानीकर्ताको उपयोगका लागि वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरे पनि हालसम्म अधिकांश मन्त्रालयले पठाएका छैनन् ।

लगानी बोर्डले २० भन्दा बढी राष्ट्रका २ सयभन्दा बढी बाह्य प्रतिनिधिको सहभागितामा हुन लागेको सम्मेलनको अवसरमा त्यसलाई सार्वजनिक गर्ने योजना बनाए पनि असफल हुने अवस्था सिर्जना भएको छ ।

तर, बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी मन्त्रालयहरूले परियोजना पठाउने क्रम जारी रहेको बताउँछन् । “सम्बन्धित मन्त्रालयहरूबाट आउँदैछन्, यसलाई अन्तिम रुप दिएर सार्वजनिक गर्नेछौं,” उनले भने ।

उनका अनुसार पर्यटन मन्त्रालयले पहिचान गरेर पठाएकाबाहेक थप ५ परियोजनाको विवरण समेत पठाएको छ । लगानी बोर्डले एक बर्ष अघिदेखि परियोजना बैकको प्रस्ताव अघि बढाएकोमा बल्ल १ सय २२ परियोजना पहिचान गरेर सम्बन्धित मन्त्रालयमा पठाएको थियो ।

ती सम्भाव्यता अध्ययन भइसकेका र हुने चरणमा रहेका परियोजनाहरू हुन् । बोर्डका अनुसार जलविद्युत्तर्फ नौ, प्रसारण लाइनतर्फ सात, पर्यटनतर्फ ११, कृषितर्फ दुई, यातायात पूर्वाधारतर्फ ३४, विशेष आर्थिक क्षेत्रतर्फ १३, पेट्रोलियम पाइपलाइनतर्फ तीन, खनिज तथा खानीतर्फ तीन, बैक तथा वित्ततर्फ एक, शिक्षा र स्वास्थ्यतर्फ २१, सुक्खा बन्दरगाहतर्फ पाँच, सूचना प्रविधितर्फ तीन, स्मार्ट सिटीतर्फ आठ, उत्पादनतर्फ दुई, बैकिङ तथा विमातर्फ दुई र वैकल्पिक ऊर्जातर्फ एक परियोजना पहिचान गरिएको छ ।

“लगानी सम्मेलनअघि नै सम्बन्धित मन्त्रालयले थप विवरण पठाएर प्रस्तुत गर्न सकिन्छ भन्नेमा बोर्ड बिश्वस्त छ,” प्रवक्ता मधु भेटुवालले भने । यसअघि बोर्डले सार्वजनिक निजी साझेदारी (पीपीपी) तथा निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडेलमा अघि बढाउने गरी विस्तृत अध्ययन भएका आठ ठूला परियोजनाहरू छनोट गरिसकेको छ ।

स्वदेशी तथा विदेशीहरूलाई लगानी गर्नका लागि परियोजना अभाव भइरहेको भन्दै चिन्ता जनाइएका बेला बोर्डले ती आयोजनाहरूलाई आर्थिक रुपमा लगानीयोग्य परियोजनाका रुपमा छनोट गरेको हो ।

स्रोतःकारोबार दैनिक

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="