Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :६३९६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६२२२ मे.वा. घन्टा
  • भारत : ८४८४ मे.वा. घन्टा
  • ट्रिपिङ : ८० मे.वा. घन्टा
  • माग : २११८२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

वाणिज्य बैंक र एनआइडिसी गाभिने

ऊर्जा खबर/काठमाडौं माघ १०, २०७३   858

बैंक



राष्ट्रिय वाणिज्य बैंक लिमिटेड राजविराज, सप्तरी

राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसी डेभलपमेन्ट बैंक एक आपसमा गाभिने भएका छन् । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले दुई बैंक गाभिएर नयाँ वाणिज्य बैंक बन्ने जानकारी दिएका हुन् ।

मन्त्री महराले द्ई बैंकको मर्जको निर्णय अबको मन्त्रीपरिषद् बैठकले गर्ने बताए । ‘मर्जरमा जाने मन्त्रालयको प्रस्तावमा मैले हस्ताक्षर गरिसकेँ, अबको मन्त्रिपरिषद् बैठकमा प्रस्तुत हुन्छ,’ उनले भने, ‘सरकारी स्वामित्वका बैंक सबल सक्षम बनाउन पनि मर्जर प्रक्रिया अघि बढाइएको हो ।’

सोमबार काठमाडौंमा सम्पन्न वाणिज्य बैंकको ५२औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै महराले महराले दुवै बैंकको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको पनि जानकारी दिए । सरकारको दायित्व पूरा गर्न आधारभूत तहका जनता, ग्रामीण र उत्पादनमूलक क्षेत्रमा सेवा पु¥याउन उनले बैंकलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस