विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विभागले एक वर्षमा जिर्ण अवस्थाका ७ पुल मर्मत तथा स्तरोन्नती गर्यो

ऊर्जा खबर भदौ १३, २०७५ 3052

काठमाडौं– सडक विभागले पछिल्लो एक वर्षमा देशका विभिन्न ठाउँमा जिर्ण अवस्थाका साना/ठूला गरी ७ वटा पुल मर्मत गरी संचालनमा ल्याएको छ ।

सडक दुर्घटनाबाट हुने भौतिक तथा मानवीय क्षति न्यूनिकरण गर्ने उद्देश्यले देशका अन्य क्षेत्रमा पनि कमजोर र जिर्ण पुल मर्मत एवं स्तरोन्नतीलाई तीव्रता दिइएको छ ।

विभागका अनुसार पछिल्लो एक वर्षमा हेटौंडा–पथलैया खण्डको ३ नम्बर पुल, महेन्द्र राजमार्ग पथलैया नजिकको दुधौरा, महेत्तरी र धनुषाबीच रातु खोलाको पुल, मुग्लिन–नारायणगढ खण्डको ‘सस्पेन्सन ब्रिज’, अरनिको राजमार्ग सिन्धुपाल्चोक लार्चास्थित भोटेकोसीको पुल, रसुवा घट्टे खोला र बाँके शम्सेरगन्जस्थित परुवा खोलाको पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।

‘हेटौंडाको ३ नम्बर पुल ७० सालदेखि दबेर भत्किने अवस्थामा थियो, मर्मत गरेर यातायात सुचारु गरिएको छ,’ विभाग पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले भने, ‘अन्य ठाउँमा पनि पुल मर्मत तथा स्तरोन्नतीको काम भइरहेको छ ।’

बर्खाले पूर्णरूपमा क्षति पुर्याएको सिन्धुपाल्चोक बाह्रबीसेस्थित भोटेकोसी नदीमा निर्माण भएको बेली ब्रिज हिउँद लागेपछि मात्र मर्मत गर्न सकिने थापाले बताए । भीरबाट खसेको ढुंगा बजारिँदा पुलको एउटा भाग नै उछिट्टिएर नदीमा पुगेको छ ।

विभागले नुवाकोटको गेर्खु खोलामा भने नयाँ पुल निर्माण गरेको छ । चालू आर्थिक वर्षमा देशभर दर्जनौं नदी तथा खोलामा नयाँ पुलको निर्माण पूरा हुँदैछ । बर्दिया बबई नदीमा निर्माण भएको जब्दीघाटको पुल भने अहिलेसम्म मर्मत भएको छैन ।

हरिनारायण रौनियरको कम्पनी पप्पु कन्सट्रक्सनको लापरबाहीले निर्माण पूरा नहुँदै पुल भत्किएको छ । राजनीतिक पार्टीको संरक्षणमा रौनियरले पुलको पुनर्निमाण गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="