advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३८० मेगावाट
  • निजी क्षेत्र : १९१ मेगावाट
  • भारत : ४११ मेगावाट
  • लोडसेडिङ : २८४ मेगावाट (उद्याेग)
  • माग : १२६६ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

वैकल्पिक ऊर्जा

सिंहदरबारका छत ‘सोलार पार्क’ मा रूपान्तरण

सरकारले मिश्रित ऊर्जा उपयोग विस्तार गर्न थालेपछि सिंहदरबार कार्यालयका छत सोलार प्यानलले ढाकिन थालेका छन् । उत्पादित विद्युत् प्रयोग गर्ने र बढी हुँदा केन्द्रीय प्रणालीमा दिने गरी छत–छतमा सोलार राख्न थालिएको हो । सुरुमा सिंहदरबार र बाहिरका गरी १९ सरकारी भवनको छतमा १ मेगावाटका सोलार प्यानल राखिएको छ । यी…


विद्युत् प्राधिकरणले सोलार पिपिए रोक्यो

नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रका सोलार आयोजनाको ‘विद्युत् खरिद सम्झौता (पिपिए)’ प्रक्रिया रोकेको छ । दीर्घकालीन नीतिगत तहमा समस्या पर्ने भन्दै प्रक्रिया रोकिएको हो । ‘ग्रिड कनेक्टेड सौर्य विद्युत् ऊर्जा विकाससम्बन्धी कार्यविधि, २०७४’ अनुसार काम गर्न निर्देशन दिएपछि प्राधिकरणले तत्कालका लागि पुरानो प्रक्रिया रोकेको छ । निजी कम्पनीमार्फत ६१ मेगावाट…


एडिबीको सहयोगमा दुई ‘हाइब्रिड साैर्य/वायु’ आयोजना

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले एसियाली विकास बैंक (एडिबी) को सहयोगमा पाँचथर र भोजपुरमा ‘हाइब्रिड सौर्य/वायु आयोजना निर्माण गर्ने भएको छ । दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) कार्यक्रमअन्तर्गत आयोजना अघि बढाइएको हो । केन्द्रीय प्रसारण लाइन नपुगेका देशका दुर्गम ठाउँमा विद्युत् पहुँच पुर्याउने लक्ष्यअनुसार काम सुरु गरिएको छ । पाँचथरमा…


सिन्धुलीको दुर्गम गाउँका ८३ घरले बिजुली पाए

राजधानीको धेरै नजिक रहे पनि वर्षौं अँध्यारोमा बसेको सिन्धुलीको चिसापानीका गाउँलेले मंगलबार (मंसिर २६ गते) देखि बिजुली बाल्न पाएका छन् । एडिबीको सहयोगमा परिचालित दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत आयोजना निर्माण भएको हो । सरकार र एसियाली विकास बैंक (एडिबी) को सहयोग तथा स्थानीयको प्रयासमा ३५ किलोवाटको सौर्य…


प्राधिकरणले एक साताभित्र सोलारको पिपिए सुरु गर्ने

नेपाल विद्युत् प्राधिकरणले एक साताभित्र निजी क्षेत्रले उत्पादन गर्ने सौर्य विद्युत्को विद्युत खरिद सम्झौता (पिपिए) सुरु गर्ने भएको छ । पूर्वतयारी पूरा भएकाले पिपिए अघि बढाउन लागेको हो । सरकारले सोलारबाट विद्युत उत्पादन गर्न ९ वटा कम्पनीलाई २२ ठाउँमा विद्युत् उत्पादन गर्न अध्ययन अनुमतिपत्र दिएको छ । ती कम्पनीले ६१…


२५ मेगावाट सोलारमा जनार्दन शर्मा दोषी, पुनः ठेक्का गर्न निर्देशन

संसदको सार्वजनिक लेखा समितिले विवादित २५ मेगावाटको सोलार जडानसम्बन्धी पुरानो ठेक्का रद्द गरेर नयाँ प्रक्रियामा जान नेपाल ऊर्जा मन्त्रालय तथा नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन पालना नगरिएको र व्यापक भ्रष्टाचार भएको भन्दै यस्तो निर्णय गरिएको हो ।मंगलबार बसेकाे समितिकाे बैठकमा अधिकांश सासदले प्रक्रिया…


सोलार ठेक्का प्रक्रिया, विश्व बैंकले फसायो प्राधिकरणलाई

२५ मेगावाट सोलार प्लान्ट जडानको ठेक्का प्रक्रियामा विश्व बैंकले आफूअनुकूलको कम्पनीलाई ठेक्का दिन नेपाल विद्युत प्राधिकरणलाई दबाब दिएको तथ्य खुलेको छ । वस्तु तथा सेवा खरिद गर्न आफैँले तयार गरेको निर्देशिका (गाइड लाइन) मिचेर काम गर्न दबाब दिएको हो । विश्व बैंकको खरिदसम्बन्धी निर्देशिकाको दफा २.४६ मा बोलपत्र खोलेपछि कबोल…


‘सोलार ठेक्कामा जनार्दन शर्माको बदमासी’

पूर्वऊर्जा मन्त्री तथा गृह मन्त्री जनार्दन शर्माले ठाडो तोक आदेशका भरमा बढी रकम कबोल गरेकाे ठेकेदारलाई सोलार प्लान्ट विकास गर्ने ठेक्का दिएको राजनीतिक दलका नेता तथा सांसदले आरोप लगाएका छन् । कम रकम ठेक्का कबोल गर्ने कम्पनी बेवास्ता गरी बढी रकमवालालाई दिएर आर्थिक हिनामिन गरेको उनीहरूको आरोप छ । शुक्रबार…


५ सय ७९ घरमा वायु ऊर्जाको बिजुली

देशका विभिन्न स्थानमा जडित वायु ऊर्जाको बिजुलीबाट ५ सय ७९ घर लाभान्वित भएका छन । राष्ट्रिय प्रणालीको विद्युत सेवा नपुगेका जुम्ला, मकवानपुर, नवलपरासी, सोलुखुम्बु लगायतका जिल्लामा जडित वायु ऊर्जा प्रविधिबाट उत्पादित विद्युत सेवाबाट स्थानीय लाभान्वित भएका हुन । वायु ऊर्जा प्रविधिबाट देशभरमा ३८.५ किलोवाट विद्युत उत्पादन भइरहेको वैकल्पिक ऊर्जा  प्रवर्द्धन…


साना जलविद्युत सम्बन्धी अन्तराष्ट्रिय गोष्ठी सुरु

लघु जलविद्युत विकास प्रर्वद्धन गर्ने गरी साना जलविद्युत आयोजनासम्बन्धी अन्तराष्ट्रिय गोष्ठी मंगलबारबाट काठमाडौंमा सुरु भएको छ । गोष्ठीको ऊर्जा मन्त्री जनार्दन शर्माले उद्घाटन गरे । ३ दिनसम्म चल्ने गोष्ठीको पहिलो दिन आज नेपाल र चीनका तर्फबाट कार्यपत्र प्रस्तुत भईरहेको संयोजक रोशन पाण्डेले जानकारी दिए । नेपाल विज्ञान तथा प्रबिधि प्रज्ञा…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7