Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

वैकल्पिक ऊर्जाका अधिकांश लक्ष्य पूरा भएनन्

प्रगति ढकाल / काठमाडाैं भदौ १२, २०७४   529

छापा



राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रम (एनआरआरईपी)को पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ । पहिलो चरणको कार्यक्रममा एनआरआरईपीका अधिकांश लक्ष्य प्राप्तीमा सरकार असफल देखिएको  छ ।

भूकम्प, नाकाबन्दीलगाायतका समस्या देखाउँदै सरकारले कार्यक्रमको सुरुवातमा तोकिएको लक्ष्यअनुसारको उपलब्धी हासिल गर्न नसकेको स्वीकार गरेको छ ।

ग्रामीण क्षेत्रमा नवीकरणीय ऊर्जाका विभिन्न कार्यक्रमहरू लघु तथा साना जलविद्युत् आयोजना, सुधारिएको चुलो, सौर्य ऊर्जालगायतका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले ५ वर्षअघि सुरु भएको यस कार्यक्रमको पहिलो चरणको कार्यक्रम भर्खरै मात्रै सम्पन्न भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी)अन्तर्गत यस कार्यक्रम सचालन गरिएको थियो ।

कार्यक्रमले तोकेको लक्ष्यमध्ये १ लाख ३० हजार वायोग्यास प्लान्ट जडान गर्ने उद्देश्य राखे पनि ५ वर्षमा ८५ हजार ८ सय ५७ मात्रै  प्लान्ट जडान भएको छ । लघु तथा साना जलविद्युत् २५ मेगावट उत्पादनको लक्ष्य राखिएकोमा ११.८ मेगावाट मात्रै जडान भएको छ ।

यस्तै, ६ लाख घरेलु सौर्य विद्युत् प्रणाली जडान गर्ने लक्ष्य राखिएकोमा कार्यक्रमको अन्त्यसम्म ३ लाख ६२ हजारको संख्यामा मात्रै जडान गरिएको छ । ५ लाख १० हजार सुधारिएको चुलो जडान गर्ने लक्ष्य राखिएकोमा करिब ७ लाख ९ हजार सुधारिएको चुलो जडान भएको छ ।

सुधारिएको चुलो जडानमा भने कार्यक्रमले राखेको लक्ष्यभन्दा प्रगति बढी देखिएको छ । ४ हजार सुधारिएको पानी घट्ट जडान गर्ने लक्ष्य राखिएकोमा ३ हजार ७१ जडान भएको छ ।

संस्थागत सौर्य विद्युत् प्रणाली १५ सय ५० को संख्यामा जडान गर्ने लक्ष्य राखिएकोमा जम्मा ६ सय ९१ मात्रै प्रगति देखिएको छ । ४ हजार १ सय मझौला साना लघु उद्योग स्थापना गर्ने लक्ष्य राखिएकोमा करिब १२ सय मात्रै जडान भएको छ ।

एईपीसीको तथ्यांकअनुसार नवीकरणीय ऊर्जासम्बन्धी  परियोजनाका ७ वटा  कार्यक्रममध्ये एउटाको मात्रै लक्ष्यभन्दा प्रगति बढी देखिएको र अन्य ६ शीर्षकका कार्यक्रममा भने लक्ष्यअनुसारको प्रगति हासिल हुन सकेको छैन ।

 

स्रोत ः काराेबार दैनिक

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="