विद्युत आपूर्ति

  • प्राधिकरण :५६१६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२४ मे.वा. घन्टा
  • भारत : ८५१६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९७५६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सडक सुधारिएन सवारीमात्र थपिए–  देशभर ३२ लाख, कुन प्रदेशमा कति ?

ऊर्जा खबर भदौ २०, २०७५ 995

काठमाडौं– सडक सञ्जाल विस्तारसँगै देशभर सवारी साधनको संख्या ३२ लाख २१ हजार पुगेको छ । सवारी संख्या बढे पनि सडकको अवस्थामा भने सुधार आउन सकेको छैन ।

सवारी साधन भित्रिने क्रम बढ्दै जाँदा सडक पूर्वाधारको गुणस्तर विस्तारमा ध्यान दिइएको छैन । अझ सहरी क्षेत्रमा पछिल्लो समय ट्राफिक जामसमेत बढेको छ ।

यातायात व्यवस्थ विभागका अनुसार सात वटै प्रदेशमा गरी सवारी साधनको संख्या ३२ लाख २१ हजार पुगेको छ । संघीय संरचनामा ७५३ स्थानीय तह बनेपछि सवारी साधनको संख्या झन बढेको छ ।

प्रदेश १ मा ४ लाख २२ हजार, प्रदेश २ मा ८ लाख ६७ हजार, प्रदेश ३ मा ११ लाख ७२ हजार, गण्डकी प्रदेशमा १ लाख ६७ हजार, प्रदेश ५ मा ५ लाख २७ हजार, कर्णाली प्रदेशमा ८ सय ११ वटा र प्रदेश ७ मा ६२ हजार सवारी दर्ता भएको विभागले जानकारी दिएको छ । दर्ताका आधारमा सबैभन्दा बढी प्रदेश ३  र कम कर्णाली प्रदेशमा छन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="