Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

साना जलविद्युत सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी

चैत १४, २०७३   412

नवीकरणीय ऊर्जा



लघुजलविद्युत विकास प्रवद्र्धन गर्ने गरी साना जलविद्युत आयोजनासम्बन्धी अन्तराष्ट्रिय गोष्ठी मंगलबारदेखि काठमाडौंमा हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र चीनको हाङचोउ रिजनल सेन्टर फर स्मल हाइड्रोपावर (एचआरसी) ले संयुक्तरूपमा गोष्ठी आयोजना गर्न लागेको हो ।

ad

३ दिनसम्म चल्ने गोष्ठीमा माल्दिभ्सबाहेक दक्षिण एसिलायी देशका प्रतिनिधि र चिनियाँ प्रतिनिधि सहभागी हुने गोष्ठीका संयोजक रोशन पाण्डेले जानकारी दिए । ‘पहिलो दिन १ सय ५० भन्दा बढीको उपस्थिति रहने छ,’ उनले भने ।

उनका अनुसार दक्षिण एसियाली देशमा साना जलविद्युतको विकासमा चीनले पुर्याउन सक्ने आर्थिक तथा प्राविधिक सहयोगका सम्बन्धमा छलफल हुन्छ । नवीकरणीय ऊर्जामा पछाडि परेका देशको क्षमता अभिवृद्धि गर्न चीनसँगको सहकार्यमा गोष्ठी आयोजना गरेका हौं,’ उनले भने । सहभागीले प्रतिनिधित्व गरेका देशको जलविद्युत विकास र यसका समस्याबारे कार्यपत्र प्रस्तुत हुनेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="