Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०४११ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८१६ मे.वा. घन्टा
  • भारत : १०३७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२६४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सामुदायिक पुस्तकालयलाई निशुल्क ऊर्जा

ऊर्जा खबर/काठमाडौं पुष २८, २०७३   1017

खबर



thokarpa Libreryवैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सिन्धुपाल्चोक ठोकर्पास्थित ‘ठोकर्पा सामुदायिक स्रोत पुस्तकालय’लाई एक किलोवाटबराबरको सौर्य ऊर्जा जडान गरिदिने भएको छ ।

आधुनिक शिक्षा, प्रविधि तथा चेतनामुलुक कार्यक्रमबाट समाज परिवर्तनको अभियानमा लागेको भन्दै निशुल्क ऊर्जा दिन लागिएको हो । केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले सामाजिक उत्थान तथा परिवर्तनमा पुस्तकालय कोसेढुंगा हुने दाबी गरे । ‘केन्द्रका तर्फबाट गर्न सक्ने काममा सहयोग हुन्छ,’ उनले भने, ‘तत्काल इन्टरनेट, इमेल प्रयोग गर्न तथा अन्य प्राविधिक ज्ञान आर्जन गर्न विद्युत आवश्यक पर्ने हुँदा एक किलोवाटको प्यानल केन्द्रले जडान गरिदिन्छ ।’

ad

पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र कार्कीले यो जिल्लाकै नमुना पुस्तकालय तयार भएको दाबी गरे । उनका अनुसार व्यवसायिक कृषि, सीपमुलक ज्ञान, ऊर्जाबारे जानकारी गराउँदै समाज रूपान्तरण गर्ने लक्ष्यले पुस्तकालय स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="