advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३६८ मेगावाट
  • निजी क्षेत्र : २३७ मेगावाट
  • भारत : ४६७ मेगावाट
  • लोडसेडिङ : ४० मेगावाट (उद्याेग)
  • माग : १११२ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

सेयर

बुटवल पावर कम्पनीका सेयरधनीले २० प्रतिशत नगद लाभांश पाउने

बुटवल पावर कम्पनी (बिपिसी) का सेयरधनीले २० प्रतिशत नगद लाभांश पाउने भएका छन् । कम्पनीले २ अर्ब २१ करोड रुपैयाँ चुक्ता पुँजीको २० प्रतिशत लाभांश दिन लागेको हो । आगामी जेठ ८ गते हुने आर्थिक वर्ष २०७३/७४ को वार्षिक साधारणसभाले लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गर्ने उपाध्यक्ष (वित्तीय) राधेश्याम…


रैराङ हाइड्रो पावरको साधारण सेयर बिक्री खुल्यो

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साधारण सेयर निष्कासन गरेको छ । कम्पनीले ताप्लेजुङ र पाँचथरको सीमामा निर्माणाधीन ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याइएको १५ प्रतिशत सेयर निष्कासन गरेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित्त ८ करोड ४० लाख रुपैयाँको ८ लाख ४० हजार कित्ता सेयर बिक्री खुल्ला गरिएको…


जोशी हाइड्रो पावरले जेठ ८ गतेबाट स्थानीयका लागि सेयर निष्कासन गर्ने

जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले आगामी जेठ ८ गतेबाट स्थानीयका लागि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले इलाममा निर्माणाधीन ३ मेगावाटको पुवाखोला जलविद्युत आयोजनाका प्रभावित स्थानीयका लागि छुट्याइएको १० प्रतिशत सेयर निष्कासन गर्न लागिएको हो । स्थानीयका लागि छुट्याइएको ३ करोड ७१ लाख ४० हजार रुपैयाँको ३ लाख ७१…


रैराङ हाइड्रो पावरले वैशाख ३१ बाट साधारण सेयर निष्कासन गर्ने

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आगामी वैशाख ३१ गतेबाट साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ताप्लेजुङ र पाँचथरको सीमामा निर्माणाधीन ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन गरेर बाँडफाँड गर्न लागेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित्त ८ करोड ४० लाख रुपैयाँको ८ लाख ४०…


दोहोरो अंकले नेप्से घट्दा,जलविद्युत पनि ओरालोमै

आज साताको पाँचौ दिन (बिहीबार) सेयर परिसुचक नेप्से २९.२२ अंकले घटेको छ । बुधबार १३८६.४९ अंकमा रहेको सेयर बिहीबार घटेर १३५७.२२ अंकमा रोकिएको छ । बिहीबार बजारमा १ सय ५९ कम्पनीकोे ६ हजार ६ सय ९८ पटक कारोबार हुँदा नेप्से २९.२२ अंकले घटेको हो । जलविद्युत समूहको पनि ४६.६८ अंकले…


जलविद्युतमा सेयर लगानी ३५ वर्षपछि ‘जिरो’, लगानीकर्ता होशियार !

सरकारले जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गर्न स्वदेशी निजी क्षेत्रलाई ३५ वर्षे अनुमतिपत्र दिन्छ । तोकेको समयपछि सञ्चालन रहेकै अवस्थामा निशुल्क सरकारलाई हस्तान्तरण गर्नुपर्छ । ३५ वर्षपछि जलविद्युत कम्पनीमा सेयर लगानी गरेका व्यक्ति वा समूहको मूल्य शून्य (जिरो) हुन्छ । आयोजना सरकारमा गएपछि सर्वसाधारणको लगानी के हुन्छ भन्ने स्पष्ट कानुन बनेको…


नेप्से ८ अंकले ओरालो, जलविद्युत समूह पनि घट्यो

साताको चौथो दिन आज (बुधबार) सेयर परिसुचक नेप्से ८.३९ अंकले घटेको छ । मंगलबार १३९४.८६ विन्दुमा रहेको नेप्से बुधबार घटेर १३८६.४७ मा रोकिएको छ । बजार बन्द हुँदा १ सय ६० कम्पनीले ५ हजार ७ सय ६९ पटक सेयर खरिद बिक्री गरेका छन् । मध्यान्हसम्म उकालो लागे पनि बजार बन्द…


रैराङ हाइड्रो पावरलाई साधारण सेयर निष्कासनको अनुमति

नेपाल धितोपत्र बोर्डले रैराङ हाइड्रो पावर डेभलपमेन्ट कम्पनीलाई साधारण सेयर निष्कासनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाइ  आइतबार सेयर निष्कासनको अनुमति दिएको हो । कम्पनीले पाँचथर र ताप्लेजुङको सिमानामा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सय रुपैयाँ दरको ८ लाख ४० हजार कित्ता सेयर निष्कासन गर्न निष्कासन…


जेठभित्र माथिल्लो तामाकोसीको सेयर निष्कासन हुने

अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले आगामी जेठभित्र आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी गरेको छ । दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा लगानी गर्न स्थानीय र सर्वसाधारणका लागि छुट्याइएको २५ प्रतिशत सेयर निष्कासन गर्न लागिएको हो । नेपाल धितोपत्र बोर्डबाट वैशाखभित्र स्वीकृति…


८६ मेगावाटको सोलु–दूधकोसीका लागि साहास ऊर्जाले सेयर निष्कासन गर्दै

सोलुखुम्बुको सोलु खोलामा ८६ मेगावाटको सोलु–दूधकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको साहास ऊर्जा लिमिटेडले साधारण सेयर निष्कासन गर्ने प्रक्रिया सुरु गरेको छ । आयोजनामा आवश्यक लगानी थप्न सेयर निष्कासनको तयारी थालेको हो । कम्पनीको वार्षिक साधारणसभाबाट पनि सेयर निष्कासनको स्वीकृतिको निर्णय पारित भएको छ । कम्पनीमा संस्थापक र सर्वसाधारणलाई छुट्ट्याइएको सेयरको…


sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7