Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०६५१ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९६३२ मे.वा. घन्टा
  • भारत : ५६४७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २५९३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

सेयर

हिमालयन हाइड्रोले साढे २२ कराेड मूल्यकाे सेयर निष्कासन गर्दै

काठमाडौं – हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले २२ कराेड ५० लाख रूपैयाँ मूल्य बराबरकाे  सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो । २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गरी बाँडफाँड गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार…


तेह्रथुम पावरले असोजमा स्थानीयलाई सेयर दिने

काठमाडौं- तेह्रथुम पावर कम्पनी लिमिटेडले आगामी असोजमा आयोजना प्रभावित स्थानीयका लागि सेयर निष्कासन गर्ने भएको छ । निर्माणाधीन साढे ७ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याइएको ४ करोड मूल्यको ४ लाख कित्ता सेयर निष्कासन गरेर बाँडफाँड गर्न लागिएको हो । स्थानीयलाई छुट्याइएको सेयर स्वपुँजी लगानीको १० प्रतिशत हो…


हिमाल दोलखा हाइड्रोको सेयर आवेदन खुल्यो

काठमाडौं– हिमाल दोलखा हाइड्रो पावर कम्पनीले स्थानीयका लागि सेयर आवेदन खुल्ला गरेको छ । कम्पनीले इलाममा निर्माणधीन ४.५ मेगावाटको माईखोला र ८ मेगावाटको माईसाना क्यासकेड जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याएको सेयर आवेदन आज (मंगलबार) बाट खुल्ला गरेको हो । कम्पनीले प्रतिकित्ता सय रुपैयाँमा अंकित १६ करोड रुपैयाँ मूल्य बराबरको १६…


आइपिओ निष्कासन गर्न आयोगबाट पनि स्वीकृति लिनुपर्ने

काठमाडौं- जलविद्युत कम्पनीहरुले साधारण सेयर निष्कासन गर्न अब विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिनुपर्ने भएको छ । विद्युत उत्पादन, प्रसारण, वितरण एवं व्यापारको काम गर्ने कम्पनी तथा संस्थाले आयोगबाट पूर्व स्वीकृति लिएर मात्रै सर्वसाधारणका लागि सेयर निष्कासन गर्न पाउने भएका हुन् । विद्युत नियमन आयोग नियमावली, २०७५ को नियम ४५…


हिमाल दोलखाले स्थानीयका लागि सेयर निष्कासन गर्ने

काठमाडाैं– हिमाल दोलखा हाइड्रो पावर कम्पनीले आगामी जेठ १४ गतेदेखि स्थानीयका लागि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले निर्माणधीन ४.५ मेगावाटको माईखोला र ८ मेगावाटको माई साना क्यासकेड जलविद्युत आयेजनाको स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो । स्थानीयका लागि १६ लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको…


१० जलविद्युत कम्पनीले २ करोड कित्ता साधारण सेयर निष्कासन गर्दै

काठमाडौं- १० जलविद्युत कम्पनीले करिब २ करोड कित्ता साधारण सेयर निष्कासन गर्ने भएक छन् । कम्पनीले निर्माणधीन तथा सम्पन्न भएका आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्ने तयारी गरेका हुन् । १ करोड ९७ लाख २५ हजार ४ सय ६५ कित्ता सेयर निष्कासन गर्नका लागि १० कम्पनीले नेपाल धितोपत्र…


दुई महिनाभित्र एचआइडिसिएलले सर्वसाधारणलाई २ अर्बको हकप्रद सेयर जारी गर्दै

काठमाडौं– हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले आगामी दुई महिनाभित्र सर्वसाधारणका लागि २ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । चुक्ता पुँजी बढाउने उद्देश्यले हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासनपछि कम्पनीको पुँजी २२ अर्ब रुपैयाँ पुग्नेछ । यसमध्ये १७ अर्ब ६०…


रसुवागढीको सेयर भाग्शालीले ५० कित्ता पाए, सान्जेनमा २० मात्रै

काठमाडौं– रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको साधारण सेयर खरिद गर्न आवेदन दिने सबैले पाएका छन् । दुई कम्पनीले रसुवामा निर्माण गरिरहेका ३ जलविद्युत आयोजनामा लगानी गर्न आवेदन दिएका सबै सर्वसाधारणलाई सेयर बाँडफाँड गरिएको हो । निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा लगानी गर्न १० देखि ४० कित्तासम्म आवेदन…


रसुवागढी र सान्जेनकाे सेयर बाँडफाँड हुँदै, सबै आवेदकले पाउने

काठमाडौं– रसुवागढी हाइड्रो पावर कम्पनी र सान्जेन जलविद्युत कम्पनीको साधारणा सेयर बिहीबार बाँडफाँड हुँदैछ । गत बैशाख ६ गतेदेखि बिक्री खुलेकाे सेयर बाँडफाँड हुन लागेकाे हाे । अपरान्ह ३ बजे विशेष कार्यक्रम गरेर सेयर बाँडफाँड गरिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । सेयर किन्न आवेदन दिनेकाे उत्साहजनक सहभागिता देखिएकाले…


ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणका लागि ३५ लाख कित्ता सेयर निष्कासन गर्दै

काठमाडौं– ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले दोलखामा निर्माणधीन ४० मेगावाटको खानीखोला–१ जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको सय रुपैयाँमा अंकित ३४ करोड ९६ लाख ४० हजार मूल्य बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्