Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९९०९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७३५ मे.वा. घन्टा
  • भारत : १५५६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२०० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

स्वीकृति नदिँदा प्रसारण लाइन बन्न ढिलाइ

चैत ०६, २०७३   404

छापा



रूपन्देहीलाई लोसेडिङमुक्त गर्ने एक मात्र प्रसारणलाइन गोरुसिंगे-लुम्बिनी १३२ केभिए आयोजना निर्माणमा ढिलाइ भएको छ। २०६७ सालमा सुरु भई ०७२ सालमै सक्नुपर्ने आयोजना गुमनाम जस्तै भएको थियो।गएको वर्षबाट पुनः ब्युतिएको योजना अहिले सडक विभागले स्वीकृति नदिँदा रोकिएको हो ।

यो आयोजनाबाट भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज), गौतमबुद्ध विमानस्थल र लुम्बिनी कोरिडोरका उद्योगमा फुल फेजमा विद्युत् पुग्ने भएकाले यो आयोजना अति आवश्यक मानिएको छ ।

ad

‘सडक विभागको स्वीकृतिपत्र नआएकाले प्रसारणलाइनको काम हुन सकेको छैन’, बुटवल लुम्बिनी प्रसारण आयोजनाका प्रमुख हरिप्रसाद पाण्डेले अन्नपूर्णसँग भने,’उताबाट स्वीकृत आउनासाथ काम सुरु हुन्छ ।’
कम क्षति र छोटो समयमा निर्माण गर्न सकिने भएकाले बुटवल-बेलहिया ६ लेन सडकको हरियाली क्षेत्रबाट प्रसारणलाइन लैजाने प्रस्तावसहित आयोजनाले सडक विभागसँग स्वीकृत मागेको हो ।

आयोजनाले गएको ०७२ असार १० गते सडकलाई स्वीकृतिका लागि पत्र पठाएको थियो । बुटवल-बेलहिया सडक निर्माण परियोजनाले माथिल्लो निकायमा पत्र पठाएको इन्जिनियर लीलाबहादुर भण्डारीले जानकारी दिए ।

प्रसारण लाइन विस्तार बाहेकका संरचना भने रूपन्देहीको सियारी गाउँपालिकाको मैनहियामा भइरहेको छ । आयोजनाका इन्जिनियरका अनुसार मैनहियामा साढे चार बिघा जमिन अधिग्रहण गरी साढे चार करोडको भौतिक संरचना र ४० करोड लागतमा १३२ केभी र ३३ केभीए लाइनका लागि ट्रान्सफर्मर जडानको प्रक्रिया सुरु भएको छ ।

आयोजना अन्तर्गतको योगीकुटीदेखि मैनहियासम्मको १९ केभिए लाइनको स्टिमेट गरी वातावरणीय मूल्यांकनसमेत गरिएको छ । मैनहियाको सब स्टेसन योगीकुटीभन्दा ठूलो ९० एमबीएको हुनेछ । विद्युत् आयोजनाले निर्माणको प्रक्रिया थालेको यो प्रसारण लाइन रूपन्देहीको मैनहियामा सब स्टेसनमा जोडिनेछ ।
सडकबाट प्रसारण लैजादा जोखिम हुने भन्दै निर्णय गर्नमा ढिलाइ गरिएको बताइएको छ । सडकबाट प्रसारण लैजाने विषयमा तिलोत्तमा नगरपालिकाका केही संस्थाले विरोध गरेका छन् । आयोजनाका इन्जिनियर पाण्डेले सडकको छेउबाट लाइन जाने भएकाले असर पर्छ भन्नु गलत भएको बताए ।

‘विकसित मुलुकमा पनि यस्तौ तरिकाले प्रसारण लाइन लगिएको छ, यहा मात्रै असर पर्छ भन्ने होइन’, उनले भने । रूपन्देही जिल्लाको औद्योगिक पर्यटन विकास र १० लाख जनतालाई लोडसेडिङबाट मुक्त गर्न नयाँ विद्युतीय संरचना आवश्यक रहेको उद्योगीले बताउँदै आएका छन् । १३२ केभिए प्रसारण लाइन नहुँदा भैरहवा क्षेत्रका तीनवटा विद्युत् वितरण लाइन ओभरलोडमा चलेका छन् । विशेष आर्थिक क्षेत्रले अहिलेसम्म विद्युत् पाउन सकेको छैन ।

विशेष आर्थिक क्षेत्रमा विद्युत् पुर्याउन पनि यो आयोजना पूरा हुनुपर्ने प्राविधिकको भनाइ छ । तर, एक अर्ब २० करोड लागत बन्ने योजना सडक विभागको स्वीकृति नपाएर रोकिएको छ ।

विशेष आर्थिक क्षेत्र, गौतम बुद्ध विमानस्थल, लुम्बिनीको पर्यटकीय विकास र यस क्षेत्रमा रहेको फिडरको ओभरलोड समस्या छिटो समाधान गर्न, कम समयमा विद्युत् प्रसारण लाइन निर्माण गर्न, प्रस्ताव गरिएको प्रसारण लाइनमा दुईवटा घर बाहेक अन्य घर र सम्पत्तिमा नपर्ने भएकाले सडकबाट लैजाने प्रस्ताव गरिएको इन्जिनियर पाण्डेले बताए । उनले यो प्रसारण लाइन निर्माण नभए देश नै लोडसेडिङ मुक्त हुदासमेत रूपन्देही नहुने बताए ।

यो प्रसारणलाइनबाट बुटवलबाट लुम्बिनी, बुटवल-अमुवा, भैरहवातर्फ गएका दुईवटा औद्योगिक फिडर, मोतिपुर औद्योगिक क्षेत्र, तिलोत्तमा नगरपालिकाको दक्षिण क्षेत्रमा दुईवटा ११ के.भी. लाइन निर्माण गरी विद्युत् आपूर्ति दिने बताइएको छ ।

स्रोतःअन्नपूर्ण पोष्ट दैनिक

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="