Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०४११ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८१६ मे.वा. घन्टा
  • भारत : १०३७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२६४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

हजारौं पोल जिविसमा थन्किए

फागुन ११, २०७३   383

छापा



गाउँका बिजुली लाइन सुधार गर्न ल्याइएको फलामे पोलहरू जिल्ला विकास समितिको हातामा अलपत्र छ । जिविसको आन्तरिक स्रोतबाट खरिद गरेर ल्याइएका १ हजार ५ सय ७० पोलहरू राजनीतिक दलहरूले बाँडफाँट नगर्दा थन्किएको हो ।

ad

जिविसबाट ८ महिना अगाडि ल्याइएको पोल ०७३ माघ ८ मा दलको निर्णयबमोजिम जिल्लाका तीन क्षेत्रलाई समान रूपले बाँड्ने निर्णय गरिएको थियो । स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीका अनुसार काठको खम्बा हटाउने अभियानअन्तर्गत यी पोलहरू खरिद गरिएको थियो । ‘दलले निर्णय नगरेकाले स्टिल पोल बाँड्न सकेनौं,’ शाहीले कान्तिपुरसँग भने, ‘चाँडै वितरण प्रयास गरिरहेका छौं ।’ काठपोल मक्किने र भाँचिने भएकाले विद्युत् लाइन सर्ट भएर दुर्घटना भइरहेको छ । जिल्लाको हैबुङ, चनौटे, बाँसबारी, हगामलगायतका गाउँमा पोलहरू ढलेका छन् ।

प्रहरीका अनुसार यो वर्षको काठको खम्बा ढलेर करेन्ट सर्ट हुँदा सात जनाको ज्यान गएको छ । ‘सडक दायाँबायाँ काठकै पोल राखिएको छ, भाँच्चिएको जीर्ण खम्बामा नै लाइन जोडिएको छ,’ सेलाङका स्थानीय सुरेश तामाङले भने । जिविसका आन्तरिक लेखा अधिकृत अनिरुद्र नेपालका अनुसार निर्वाचन क्षेत्र नम्बर १ लाई मात्र १ सय ८४ पोल छुट्याइएको छ ।

स्राेत : कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="