body1
advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण :६९०२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९०१३ मे.वा. घन्टा
  • भारत : ४०८० मे.वा. घन्टा
  • ट्रिपिङ : ३०० मे.वा. घन्टा
  • माग : २०२९५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

हाँडीखोला सुनकोसी ‘ए’मा माछापुच्छ्रे बैंकको एकल लगानी

   भदौ २५, २०७५        3716        ऊर्जा खबर

काठमाडौं– माछापुच्छ्रे बैंकले सिन्धुपाल्चोकमा निर्माण हुने १ मेगावाटको हाँडीखोला सुनकोसी ‘ए’ साना जलविद्युत आयोजनामा एकल लगानी गर्ने भएको छ । सेन्चुरी इनर्जी कम्पनी प्रालिले निर्माण गर्ने आयोजनामा बैंक एक्लैले ऋण लगानी गर्न लागेको हो ।

बैंक र कम्पनीबीच सोमबार ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको छ । आयोजनामा बैंकले १५ करोड रुपैयाँ लगानी गर्ने कम्पनीका अध्यक्ष कृष्ण दुलालले बताए । उनका अनुसार कुल २२ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७ करोड रुपैयाँ बराबरको स्वपुँजी लगानी रहनेछ ।

अध्ययन पूरा भएको आयोजनाको निर्माण एक महिनाभित्र सुरु गर्ने गरी ठेकेदार छनौट प्रक्रिया अन्तिम चरणमा पुुगेको पनि दुलालले बताए । १५ महिना अवधिमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट २०७६ चैतभित्र विद्युत उत्पादन हुने उनका दाबी छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत विद्युतगृह नजिकैको ११ केभी घोरथली वितरण लाइनमा जोडिने कम्पनीले जनाएको छ । उत्पादित विद्युत वितरण प्रणालीमा जोड्न ११ केभी क्षमताको स्वीचिङ स्टेसन निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7