Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

१० दिनमा २ अर्ब बढीको लगानी प्रतिबद्धता

ऊर्जा खबर/काठमाडौ माघ ०५, २०७३   270

खबर



sharema-lagani-1

सरकारले जलविद्युत आयोजनामा लगानी आव्हान गर्दै अनलाइनबाट प्रस्ताव मागेको १० दिनमा इच्छुक व्यक्ति,संस्था तथा निकायले २ अर्ब ३४ करोड ,३० लाख ६४ हजार ६ सय ३८ रुपैयाँ बराबरको प्रतिबद्धता जनाएका छन् ।

ad

‘नेपालको पानी जनताको लगानी’ नाराका साथ ऊर्जा मन्त्रालयले सर्वसाधारणदेखि कम्पनी सम्मले जलविद्युतमा लगानी गर्न पाउने गरी गत पुष २५ गते सार्वजनिक

गरेको वेबसाइटको अनलाइन फारम भरेर प्रतिबद्धता जनाएका हुन् । व्यक्ति, संस्था वा कम्पनीले आफ्नो ठेगाना र रकम खुलाएर जलविद्युतमा लगानी गर्न सक्ने गरी ऊर्जा मन्त्रालयले www.moenonline.moen.gov.np नामको वेबसाइट सार्वजनिक गरेको थियो ।

मन्त्रालयका अनुसार १० औ दिन सम्म आईपुगदा व्यक्तिगतरुपमा २३ हजार ५ सय २४ जनाले २ अर्ब २५ करोड ७३ लाख ८९ हजार ६ सय ३७ रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाईसकेको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी २६ वटा कम्पनीले ८५ करोड ६७ लाख ५ हजार रुपैयाँ बराबरको प्रतिबद्धता जनाएका छन् । ऊर्जा मन्त्रालयलयले आव्हान गरेको लगानी प्रतिबद्धतामा संस्थागत भन्दा व्यक्तिगत लगानी प्रतिबद्धता उत्साहजनक देखिएको छ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="