Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८८५ मे.वा. घन्टा
  • भारत : ८११ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९८६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

२५ मेगावाटको सोलार कार्यक्रम अलपत्र

पुष २८, २०७३   454

खबर



solar-panels

नेपाल विद्युत् प्राधिकरणले २५ मेगावाटको सौर्य ऊर्जा (सोलार) उत्पादनका लागि चार वर्षदेखि प्रक्रिया सुरु गरे पनि निर्माण भने अझै सुरु भएको छैन । जलविद्युत् आयोजना निर्माण गर्दा लामो समय लाग्ने भएकोले छोटो समयमै बनाएर लोडसेडिङ न्यूनीकरण गर्ने भन्दै २५ मेगावाटको सोलार निर्माण गर्ने योजना सरकारको थियो ।

ad

प्राधिकरणले ऊर्जा संकट न्यूनीकरणका लागि भन्दै सन् २०१२ मै विश्व बैंकलाई सहुलियत ऋणका लागि पत्र लेखेको थियो । सन् २०१२ देखि यसको प्रक्रिया अघि बढे पनि विभिन्न कारणले ढिलाई भएको र गत वैशाखदेखि निर्माण सुरु गर्ने लक्ष्य राखिएको थियो ।

दुई वर्षअघि समेत तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले २५ मेगावाटको सोलार ६ महिनाभित्रै निर्माण सम्पन्न गर्ने घोषणा गरेकी थिइन् । प्रत्येक वर्ष सरकारले यो निर्माण गर्ने घोषणा गर्दै आए पनि उपलब्धि भने शुन्यप्रायः छ ।

विश्व बैंकको ४ अर्ब ८० करोड रुपैयाँ सहयोगमा ग्रीड सोलार एण्ड इनर्जी इफिसिएन्सी परियोजना अन्तर्गत विद्युत प्राधिकरणले परामर्शदाता नियुक्त गरिसकेको छ । हाल ठेकेदार कम्पनी छनोट अन्तिम चरणमा पुगेको छ ।

ठेकेदार कम्पनी छनोटको स्वीकृतिका लागि फाइल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसमक्ष पुगेको छ । २५ मेगावाटको सोलार निर्माण कार्यका लागि अन्तिम प्रक्रियामा रहेको र छिट्टै नै सुरु हुने प्राधिकरणको ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईले जानकारी दिए ।

“केही ढिलाई भएको हो तर यसका सबै प्रक्रिया अहिले अन्तिम चरणमा पुगेका छन्, छिट्टै सुरु हुनेछ,” उनले भने । प्राधिकरणका अनुसार एक वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना छ । प्राधिकरणको त्रिशुली र देवीघाट विद्युत् केन्द्रभित्र रहेको जग्गालाई उपयोग गरेर सोलार निर्माण गर्ने लक्ष्य राखिएको छ । अधिकांश जलविद्युत् आयोजनाहरूमा प्रशारणलाइनको समस्या रहे पनि विद्युत् केन्द्रभित्र निर्माण हुने सोलारका लागि भने प्रशारणलाइनको समस्या हुने छैन ।

२०७२ वैशाखबाट सुरु गरेर  २०७४ वैशाखसम्ममा सम्पन्न गर्ने योजना बनाएको प्राधिकरणले अझै कहिले सुरु गर्ने टुंगो नभएको प्राधिकरणका एक उच्च अधिकारीले बताए । “सोलारले दिने बिजुली त्यति भरपर्दो त छैन तर प्रक्रिया अघि बढिसकेको छ,” ति अधिकारीले भने, “सोलार बनाउनेतिर प्राधिकरण व्यवस्थापनले चासो नदिएको देखिएको छ ।”

ऊर्जा संकत न्यूनीकरणका लागि जलविद्युत्को तुलनामा तत्काल बढाउनसक्ने र डिजेल प्लान्टका तुलनामा सोलार सस्तो हुने भन्दै सोलार बनाउने निर्णय गरिएको हो । तर, अहिले भारतबाट थप विजुली आयात भईरहेको र तुलनात्मक रुपमा सोलारभन्दा सस्तो भएकोले पनि सोलार हाल विद्युत प्राधिकरणको प्राथमिकतामा नपरेको अधिकारीहरू बताउँछन् ।

सोलारले उत्पादन गरेको बिजुली दिउँसो मात्र काम दिने तथा बिहान–बेलुकाको पिक आवरमा योगदान दिन नसक्ने भएकाले केही प्राविधिकहरू जलविद्युत्मै बढी जोड दिँदै आएका छन् ।

प्राधिकरणले डिजेल प्लान्टबाट उत्पादन गर्दा प्रतियुनिट चुहावटसहित ४० रुपैयाँसम्म पर्ने र सोलार निर्माण गर्दा प्रतियुनिट १५ रुपैयाँ पर्ने अध्ययनले देखाएको छ । तर, हाल डिजेलको मूल्य घटेका कारण ३० रुपैयाँभन्दा कममै डिजेल प्लान्ट सञ्चालन गर्न सकिन्छ । ऊर्जा मन्त्रालयले सोलारबाट उत्पादित बिजुलीको लागि प्रति युनिट ९.६१ पैसा विद्युत खरिददर तोकिसकेको छ ।

हालसम्म प्राधिकरणले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डद्वारा ललितपुरको सुन्दरीघाट क्षेत्रमा निर्माण गरेको सौर्य ऊर्जा प्रणाली आयोजनासँग विद्युत् खरिद सम्झौता (पीपीए) गरेर ६८०.४ किलोवाट सोलार ग्रिडमा जोडिसकेको छ ।

स्रोतः कारोबार

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="