विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

५ वर्षभित्र काठमाडौं–रक्सोल रेलमार्ग निर्माण पूरा : प्रधानमन्त्री ओली

ऊर्जा खबर/काठमाडौं बैशाख ३१, २०७५ 4268

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिसँग जोडिएको काठमाडौं–रक्सोल रेलमार्गको निर्माण आगामी ५ वर्षभित्र पूरा हुने बताएका छन् । भारतीय लगानीमा उक्त रेलमार्ग निर्माण गरिने ओलीको घोषणा छ ।

काठमाडौं–रक्सोल रेलमार्ग अध्ययन गर्न संयुक्त कार्यदल बनाएर काम सुरु गरिने पनि प्रधानमन्त्री ओलीले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि आइतबार बसेको राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै उनले रेलमार्ग निर्माण उच्च प्राथमिकताका साथ अघि बढाउने पनि बताए ।

प्रधानमन्त्री ओलीले दुई देशबीचको असाधारण व्यापार घाटा कम गर्न आगामी तीन महिनाभित्र व्यापार सन्धि पुनरवलोकन गर्ने घोषणा गरे । ‘मोदीसँग भारतीय बजारमा नेपाली उत्पादन निर्यात बढाउन, चिया, अदुवा, जुट, अलैँची लगायत वस्तुको निर्यात बढाउने सहमति भएको छ,’ उनले भने ।

नेपाल प्रवेश गर्ने हवाईमार्ग बढाउन, तराईमा डुबान समस्या समाधान गर्न भ्रमणका क्रममा कुरा उठाएको र त्यसमा भारत सरकार सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । यसमा पनि एउटा छुट्टै कार्यदल बनाएर काम सुरु गर्ने उनको उद्घोष छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="