Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९९०९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७३५ मे.वा. घन्टा
  • भारत : १५५६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२०० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

५ सय ७९ घरमा वायु ऊर्जाको बिजुली

ऊर्जा खबर/काठमाडौं जेठ ३१, २०७४   1473

नवीकरणीय ऊर्जा



देशका विभिन्न स्थानमा जडित वायु ऊर्जाको बिजुलीबाट ५ सय ७९ घर लाभान्वित भएका छन । राष्ट्रिय प्रणालीको विद्युत सेवा नपुगेका जुम्ला, मकवानपुर, नवलपरासी, सोलुखुम्बु लगायतका जिल्लामा जडित वायु ऊर्जा प्रविधिबाट उत्पादित विद्युत सेवाबाट स्थानीय लाभान्वित भएका हुन ।
वायु ऊर्जा प्रविधिबाट देशभरमा ३८.५ किलोवाट विद्युत उत्पादन भइरहेको वैकल्पिक ऊर्जा  प्रवर्द्धन  केन्द्रले जनाएको छ ।
जुम्लाको तातोपानीमा १५ किलोवाट, मकवानपुरको भोर्लेनी तथा तीनगााउँमा गरी १३ किलोवाट, नवलपरासीको धौवडीमा १० किलोवाट र सोलुखुम्बुको फेरिचेमा ०.५ किलोवाट गरी वायु ऊर्जा प्रविधिको जडानबाट ३८.५ किलोवाट विद्युत उत्पादन भइरहेको छ ।
अछामको कमलबजार र सुर्खेतको चाराङ्गामा २३ किलोवाट बराबरको प्रविधि जडानको प्रकृयामा रहेको केन्द्रका वायु ऊर्जा सबकम्पोनेन्ट प्रबन्धक सन्तोष राइले जानकारी दिए ।

राईकाअनुसार ०.२५ किलोवाट बराबरका पुराना प्लान्ट मर्मतको अभावमा संचालनमा आउन सकेका छैनन ।
केन्द्रले विभिन्न दातृ निकायको सहयोगमा वायु ऊर्जा प्रविधि जडानबाट विद्युत उत्पादन हुने सक्ने २१ स्थानको पहिचान गरि सम्भाव्यता अध्ययन गरेको छ ।

ad

हावा चलिरहने हुम्ला, जुम्ला, मुस्ताङ, सोलुखुम्बु, सिन्धुली, पाँचथर,अछाम लगायतका जिल्लामा वायु ऊर्जा प्रविधि जडान गर्न सकिने अध्ययनले देखाएको छ ।
दक्ष जनशक्तीको अभावमा वायु ऊर्जाको पूर्ण सम्भाव्यता अध्ययन गर्न नसकिएको केन्द्रको भनाई छ । २०६५ सालमा सौर्य तथा वायु ऊर्जा स्रोत आँकलन (स्वेरा) ले गरेको अध्ययनअनुसार नेपालमा वायु ऊर्जाबाट ३ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने सम्भावना छ ।

 

प्रतिक्रिया दिनुहोस