Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

१० जलविद्युत कम्पनीले २ करोड कित्ता साधारण सेयर निष्कासन गर्दै

ऊर्जा खबर जेठ ०३, २०७६   1223

सेयर



काठमाडौं- १० जलविद्युत कम्पनीले करिब २ करोड कित्ता साधारण सेयर निष्कासन गर्ने भएक छन् । कम्पनीले निर्माणधीन तथा सम्पन्न भएका आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्ने तयारी गरेका हुन् ।

१ करोड ९७ लाख २५ हजार ४ सय ६५ कित्ता सेयर निष्कासन गर्नका लागि १० कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । प्रतिकित्ता सय रुपैयाँमा अंकित १ अर्ब ९७ करोड २५ लाख ४६ हजार ५ सय रुपैयाँ मूल्यको सेयर निष्कासन गर्न स्वीकृती प्राप्त भएपछि बिक्री खुला गरेर बाँडफाड गरिनेछ ।

बाेर्डमा आवेदन दिनेमध्ये ३ कम्पनीले सर्वसाधारणका लागि, ३ कम्पनीले स्थानीयका लागि ४ कम्पनीले स्थानीय र सर्वसाधारण दुवैका लागि सेयर निष्कासन गर्दैछन्।

आवेदक कम्पनीमध्ये सबैभन्दा बढी माउन्टेन इनर्जी नेपालले स्थानीय र सर्वसाधारण दुवैका लागि ३९ लाख ३६ हजार ५४ कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सय रुपैयाँमा अंकित ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँको सेयर निष्कासन गर्न नविल इन्भेस्टमेन्ट बैकिङ लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ ।

बोर्डको स्वीकृती पर्खिरहेकोे सिइडिबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले पनि २२ लाख ८९ हजार ३ सय कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । २२ करोड ८९ लाख ३० हजार रुपैयाँ बराबरको सेयर निष्कासन गर्न सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

यस्तै, ग्रिनलाइफ हाइड्रोपावरले पनि ३४ लाख ८६ हजार ४ सय कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न बीओके क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

लिवर्टी इनर्जी कम्पनी लिमिटेडले ३७ करोड ५० लाख रुपैयाँ बराबरको ३७ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआइबीएल एसीइ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ ।

शुभम पावर कम्पनीले पनि सर्वसाधारणका लागि ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको ५ लाख ८० हजार ५ सय ८० कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सीबीआइएल क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

शिवश्री हाइड्रोपावर कम्पनीले पनि ३३ लाख ५१ हजार १ सय ४० कित्ता सेयर निष्कासन गर्ने भएको छ । ३३ करोड ५१ लाख १४ हजार मूल्य बराबरको सेयर निष्कासन गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

रुरु जलविद्युत परीयोजना लिमिटेडले पनि स्थानीयका लागि ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको ४ लाख ७ हजार ७ सय ५ कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले गुल्मीमा सञ्चालित ५.५ मेगावाटको हुग्दी खोला जलविद्युत आयोजनाको आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गर्न लागेको हो । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्ने जिम्मा एनएमबी क्यापिटललाई दिएको छ ।

मैलुङखोला जलविद्युत कम्पनीले सर्वसाधारणका लागि, गर्जाङ उपत्यका हाइड्रोपावर र लाफिङबुद्ध हाइड्रोपावरले स्थानीयका लागि सेयर निष्कासन गर्ने भएका छन् । यी कम्पनीले क्रमशः ७ लाख ३६ हजार २ सय ८६, २ लाख र ९ लाख ७८ हजार कित्ता सेयर जारी गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="