Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८३२२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५७१५ मे.वा. घन्टा
  • भारत : १०२९६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४३३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बाह्रखरी कथा प्रतियोगितामा सम्पादक वियोगी पुरस्कृत

ऊर्जा खबर बैशाख ०६, २०७६   287

अफ ट्रयाक



काठमाडौं– बाह्रखरी बुक्सले आयोजना गरेको राष्ट्रिय कथा प्रतियोगितामा ऊर्जा खबरका सम्पादक लक्ष्मण वियोगी परस्कृत भएका छन् । उनको ‘टाउको’ शीर्षकको कथाले प्रतियोगितामा द्वित्तीय पुरस्कार पाएको हो ।

बाह्रखरीले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रतियोगिताको प्रथम पुरस्कार विना थिङ तामाङको ‘ब्याड भाले’ ले पाएको छ ।

यस्तै, तृत्तीय पुरस्कार सुमित्रा न्यौपानेको ‘बार्दली’ कथाले पाएको छ । पुरस्कृत हुने कथाकारलाई सम्मानपत्र, पदक र नगदसहित पुरस्कृत गरिएको थियो ।

प्रथम, द्वित्तीय र तृत्तीय पुरस्कारको राशी क्रमशः १ लाख, ६० हजार र ४० हजार रुपैयाँ थियो । प्रतियोगितामा सहभागी ९ सयभन्दा बढी कथाबाट उत्कृष्ट २५ वटा छनोट भएका थिए । उत्कृष्ट कथाहरूको संग्रह ‘उत्कृष्ट कथा २०७६’ विमोचन गरिएको थियो । पहिलो दोस्रो र तेस्रो बाहेक उत्कृष्ट २२ कथाका कथाकारलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="