Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६०५७ मे.वा. घन्टा
  • भारत : ९३२८ मे.वा. घन्टा
  • ट्रिपिङ : ४०० मे.वा. घन्टा
  • माग : २४२३८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

३ करोड ३६ लाख कित्ता सेयर निष्कासन गर्न धिताेपत्र बाेर्डमा १५ जलविद्युत कम्पनीको आवेदन

ऊर्जा खबर पुष २०, २०७५   2719

सेयर



काठमाडौं– १५ जलविद्युत कम्पनीले ३ करोड ३५ लाख ९८ हजार ७ सय ५१ कित्ता सेयर निष्कासन गर्न नेपाल धितो पत्र बोर्डमा आवेदन दिएका छन् । कम्पनीले आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन  दिएका हुन् ।

यी कम्पनीले ३ अर्ब ३५ करोड ९८ लाख ७५ हजार १ सय रुपैयाँ मूल्यकाे साधारण सेयर जारी गर्नेछन् । बाेर्डले स्वीकृित दिएपछि सेयर निष्कासन तथा बाँडफाँडकाे प्रक्रिया सुरु हुनेछ ।

रसुवागढी हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटकाे रसुवागढी जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गर्न लागेकाे हाे ।

कम्पनीले दाेस्राे चरणमा आयोजना प्रभावित स्थानीयकाे भन्दाअघि साधारण सेयर निष्कासन गर्न लागेकाे हाे ।कम्पनीकाे सेयर निष्कासन तथा बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

यस्तै, सान्जेन जलविद्युत कम्पनीले पनि सर्वसाधारणका लागि ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले रसुवामा निर्माणधीन ५७ मेगावाटका सान्जेनका २ जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन गर्न लागेको हो ।

सान्जेनले पनि स्थानीयसँगकाे सहमतिमा सर्वसाधारणका लागि पहिला सेयर निष्कासन गर्न लागेकाे हाे । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सिटीजन इन्भेस्टमेन्ट ट्रस्टलाई बिक्री प्रबन्धक चयन गरेको छ ।

माउन्टेन हाइड्रो नेपालले सर्वसाधारणका लागि १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार १ सय १० कित्ता सेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले पाँचथरमा निर्माणाधीन २२ मेगावाटकाे तल्लाे हेवा ए आयोजनाको साधारण सेयर निष्कासनकाे तयारी गरेकाे हाे । सेयर बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

यस्तै, हिमालयन ऊर्जा विकास कम्पनीले रामेछापमा निर्माणधीन १२ मेगावाटको माथिल्लो खिम्ती–१ र ७ मेगावाटको माथिल्लो खिम्ती २ आयोजनाको सेयर निष्कासन गर्ने भएको छ । कम्पनी आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको सेयर निष्कासन गरी बाँडफाँड पूरा भएपछि सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले १४ करोड ८५ लाख बराबरको १४ लाख ८५ हजार कित्ता सेयर निष्कासन गर्न बोर्डमा स्वकिृतीका लागि आवेदन पेस गरेको छ । सेयर निष्कासन तथा बाँडफाँड नविल इन्भेस्टमेन्ट बैकिङ लिमिटेडले गर्नेछ ।

रुरु जलविद्युत परीयोजना लिमिटेडले पनि स्थानीयका लागि ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको ४ लाख ७ हजार ७ सय ५ कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले गुल्मीमा सञ्चालित ५.५ मेगावाटको हुग्दी खोला जलविद्युत आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गर्न लागेको हो । कम्पनीको सेयर बाँडफाँड गर्ने काम एनएमबी क्यापिटललाई जिम्मा दिइएको छ ।

शुभम् पावर कम्पनीले पनि सर्वसाधारणका लागि ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको ५ लाख ८० हजार ५ सय ८० कित्ताँ सेयर जारी गर्ने भएको छ । कम्पनीले सेयर बाँडफाँड गर्न सीबीआइएल क्यापिटललाई बिक्री प्रबन्धक निर्धारण गरेको छ ।

जलविद्युत आयोजनामा लगानी गर्दै आएको सिइडिबी हाइड्रो डेभलपमेन्ट कम्पनीले २२ करोड ८९ लाख ३० हजार रुपैयाँ बराबरको २२ लाख ८९ हजा ३ सय कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ । सिइडिबीले सेयर निष्कासन तथा बाँडफाँड गर्न सनराइज क्यापिटललााई बिक्री प्रबन्धक तोकेको छ ।

युनियन हाईड्रोपावर लिमिटेडले पनि सर्वसाधारणका लागि ३५ लाख ३४ हजार ३ सय ४० कित्ता सेयर जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा लमजुङबासीका लागि छुट्याएको सेयर बाँडफाँड गरी सर्वसाधारणका लागि ३५ करोड ३४ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागेको हो ।

यस्तै, भैरवकुण्ठ हाइड्रोपावरले ४.४ मेगावाट आयोजनाको स्थानीय र सर्वसाधारण्का लागि छुट्याएको ३१ लाख ८३ हजार २ सय ८० कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले सेयर बाँडफाँड गर्न ग्लोबल आईएमई र क्यापीटल लिमिटेडलाई बिक्री प्रबन्ध चयन गरेको छ ।

मैलुङ खोला जलविद्युत कम्पनीले पनि सर्वसाधारण्का लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले रसुवामा सञ्चालित ६ मेगावाटको मैलुङ जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गरेर बाँडफाँड गर्न लागेको हो । कम्पनीले सेयर निष्कासन गरेर बाँडफाँड गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

ग्रीन लाइफ इनर्जी कम्पनीले दोलखामा निर्माणधीन ४० मेगावाटको खानीखोला–१ जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याएको १८ करोड मूल्य बराबरको १८ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको सेयर निष्कासन र बाँडफाँड गर्ने काम काठमाडौं क्यापिटल मार्केटले जिम्मा लिएको छ ।

गर्जङ उपत्यका हाईड्रोपावर, लाफिङबुद्ध हाईड्रोपावर, सयपत्री हाईड्रोपावर, युनिक हाइडल कम्पनीले पनि आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको सेयर निष्कासन गर्ने भएको छ । यी कम्पनीले क्रमशः २ लाख, ९ लाख ७८ हजार, ३ लाख र ५ लाख ५० हजार कित्ता सेयर जारी हुने भएको छ ।

सबै कम्पनीको प्रतिकित्ता सेयरको बिक्री मूल्य १ सय रुपैयाँ हुनेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="