Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८९७० मे.वा. घन्टा
  • निजी क्षेत्र : ६८१७ मे.वा. घन्टा
  • भारत : ९००२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४७८९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

 देशका १८ प्रतिशत जनतामा नवकरणीय ऊर्जाको पहुँच

ऊर्जा खबर जेठ ३०, २०७६   2341

वैकल्पिक ऊर्जा



काठमाडौं- मुलुकका १८ प्रतिशत जनतामा नविकरणीय ऊर्जाको पहुँच पुगेको छ । राष्ट्रिय प्रसारण प्रणाली नपुगेका दुर्गम ग्रामीण बस्तीमा सौर्य, वायु र लघु तथा साना जलविद्युत आयोजनाकाे विद्युतकाे पहुँच पुगेकाे हाे ।

दुर्गम ग्रामीण क्षेत्रका ५४ लाख जनताले नवीकरणीय ऊर्जा उपयोग गरिरहेको सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले जनाएको छ । सर्वेक्षणका अनुसार केन्द्रीय प्रणालीको सेवा नपुगेका स्थानमा नवीकरणीय ऊर्जाका स्रोतबाट विद्युतीकरण गरिएको छ ।

चालु वर्षको गत फागुनसम्मको तथ्याङ्क अनुसार दुर्गम क्षेत्रको विद्युतीकरणका लागि साढे ३० मेगावाट विद्युत लघु तथा साना जलविद्युत केन्द्रबाट उत्पादन हुँदै आएको छ । चालु वर्षको ८ महिनामा ६ सय ३२ किलोवाट विद्युत थपिएको छ । सौर्य तथा वायु ऊजाबार्ट करिब साढे २६ मेगावाट विद्युत उत्पादन भइरहेको सर्वेक्षणमा उल्लेख छ ।

यसैगरी, देशका ३६ प्रतिशत जनताले विभिन्न प्रयोजनका लागि स्वच्छ नवीकरणीय ऊर्जाको उपयोग गर्दै आएको सर्वेक्षणमा उल्लेख छ । स्वच्छ नवीकरणीय ऊर्जाको प्रयोजनमा करिब ५७ मेगावाट विद्युत खपत हुँदै आएको छ ।

चालु वर्षको ८ महिनामा ३ हजार ४ सय १४ वटा गोबर ग्यास प्लान्ट थपिएका छन् । १४ हजार ९ सय ४५ वटा सुधारिएको चुलो र १ सय ११ वटा सुधारिएको पानीघट्ट जडान गरिएको छ । यही अवधिमा ग्रमीण बस्तीमा ३३ हजार ४ सय ५५ सौर्य घरेलु विद्युत प्रणाली विद्युतीकरण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="